थाकसलाई पूर्वमहामन्त्रीको सुझाव- शिक्षित युवालाई सहभागी गराऊ

Bhalai Chaudhary

भुलाइ चौधरी- थारु कल्याकारिणी सभाको विधानअनुसार हरेक तीन वर्षमा सभाको महाधिवेशन हुने गरेको छ । सभाको २०औं महाधिवेशन २०६८ साल दाङमा सम्माननीय प्रधानमंत्री माधव कुमार नेपालज्यूको प्रमुख आतिथ्यमा भव्यतापूर्वक सम्पन्न भएको थियो। सभाको २१सौं महाधिवेशन सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाज्युको प्रमुख आतिथ्यमा २०७१ साल असोज २९ गते झापा जिल्लाको विर्तामोडमा भव्यरुपमा सम्मपन्न हुने कुरो निधो भइसकेको छ ।

यसरी थारु कल्याणकारिणी सभाको हरेक महाधिवेशन भब्यरुपमा भइराख्दा पनि यता केही वर्षदेखि यस सभाको कामकाज चाहिँ दिनानुदिन खस्कदो अवस्थामा छ । यो सभा महाधिवेशनसम्मै मात्र सिमति भएको भान हुन्छ । यो सभाको कामकाज देखेर यो सभाप्रति आम थारुहरुको धारणा एकदम उराठ लाग्दो छ । यो थाकस थारुहरुको एउटै छाता संगठनको रुपमा हुँदाहुँदै पनि यसले वर्तमान समयमा एउटा हात्तीको देखाउने दाँतजस्तो भइसकेको हुनाले सबै थारु समुदय यस सभाप्रति चिन्तित देखिन्छन्। यस्तै किसिमले यो सभाको कामकाज खस्किँदै गयो भने भोलि यो सभाको नाम पनि थारुहरु सुन्न चाहँदैनन् होला। यो सभा अन्तोगत्वा समसान घाटमा पुगिने पक्का छ ।

सभाको यस्तो दुरावस्था देखेर सम्पूर्ण थारु समुदय चिन्तित हुनु स्वभाविक हो। किनकि अहिले नेपालमा सबै नेपालीहरुको लागि भाग्य निर्माणको घडी हो । अहिले देशमा नयाँ संविधान लेखन काम भइरहेको छ । सबै जनता तथा समुदयहरु नयां संविधानमा आफ्ना हक-अधिकार सुनिश्चित गर्न लागि परेका छन् । उनीहरु सदनदेखि सडकसम्म वातावरण तताएर परिस्थिति आफ्नो पक्षमा पार्न तैनाथ देखिन्छन् भने थारु कल्याकारिणी सभा यस्तो स्थितिमा पनि निस्क्रिय देखिन्छ । यसले गर्दा यो नयाँ बनिने संविधानमा थारुहरुको हकहित सुनिश्चित होला भने आशा गर्नु दिवा सपना देख्‍नुसरह हो । सभाको यस्तो निस्क्रियता देखेर थारु समुदयका भरभलादमीहरु यसको सही कारण पता लगाइ यसको सही समाधान निकाल्न बडो प्रयत्‍नशील देखिन्छन्। यसै क्रममा उनीहरु मलाई पनि केही चिन्तन मनन गरेर सभालाई सही दिशामा ल्याउन केही सुझावहरु लेख्न अनुरोध गरेका छन् ।

तर, मेरो अनुभव अनुसार यो सभा अहिले यस्तो मतिभ्रम स्थितिमा आइसकेको छ कि यस सभालाई केही सल्लाह दिनु न दिनु उस्तै उस्तै बुझिन्छ अर्थात् मर्ने बेलामा भन्छन् कि कोरामीन इन्जेकशन पनि काम गर्दैन। ठीक यो सभाको पनि उस्तै स्थिति छ अर्थात् विनाश काले विपरीत बुद्धि भएजस्तै छ । यस्तो अवस्थामा जस्तोसुकै गतिलो सल्लाह यस सभालाई माथि उठाउन सक्ला शंकै लाग्छ । सभाको यो दुर्भाग्य हो कि सभाका अहिले यस्ता-यस्ता पदाधिकारीहरु छनौट भएर आउँछन् जसलाई जस्तो सुक्कै राम्रो सल्लाह उपयुत लाग्दैन । जसले गर्दा लाग्छ यस सभालाई सल्लाह दिनुको अर्थ सल्लाह दिने व्यक्ति आफैं मुर्ख हुनु हो। कति पटक थाकसको महाधिवेशनको समयमा सभालाई राम्रा-राम्रा सल्लाहहरु दिँदै आएको छु, तर त्यसको सभाद्वारा अहिलेसम्म कुनै कारबाही तथा सुनुवाइ भएको छैन्। अर्थात् दिएका सल्लाहहरु अहिलेसम्म थारु समुदयको कहबी ‘गुरु गेला कैह आ चेला रहल रैह’ जस्तै भएको छ । यस्तो स्थितिमा सरसल्लाह के दिनु ? जसको कुनै सुनुवाइ नै हुँदैन।
तर, साथीहरुको आग्रहले गर्दा म एकपटक अझै मुर्ख बन्न स्वीकार गरी सभाको स-सल्लाह स्वरुप केही दुईचार शब्दहरु फेरि कोर्न जमर्को गरेको छु, यदि यसबाट सभाको कामकारबाहीमा केही सुधार हुनेभयो भने म आफ्नो परिश्रम सार्थक मानिनेछु।

सभाको दूरावस्था हुनुका मुख्य कारण र निराकरणका उपाय
सामान्यरुपमा कुनै पनि संघ-संस्था वा व्यक्ति विशेषलाई सल्लाह दिनुको लागि पहिला त्यसको समस्या तथा कमीकमजोरीहरु राम्ररी केलाउनु नितान्त आवश्यक हुन्छ र यसको लागि ती संघसंस्था वा व्यक्ति विशेषको एक्स-रे गर्नुपर्ने हुन्छ जसबाट सही समस्या पत्ता लाग्ने र रोगबाट पनि मुक्त हुने त्यतिकै बढी सम्भावना रहन्छ।
यही तथ्यलाई दृष्टिगत गरेर थाकसको रोग पत्ता लगाई सही सरसल्लाह तथा समाधानको लागि यस सभाको पनि पूरापूरी एक्स-रे गर्ने क्रममा सभाका मुख्य तत्वहरु जस्तै- सभाका विधान, उद्देश्य, आवश्यक पद, पदाधिकारीहरुको योग्यता, बाहिरी कुराहरुबाट प्रभावित हुनु, सभाको आर्थिक अवस्था, पदाधिकारीहरुको छनौट प्रकृया तथा सभाको सही मूल्याकन गर्ने परिपाटी र सो अनुसार पुरस्कार तथा नसिहतको व्यवस्था इत्यादि यी सबै तत्वहरुलाई केलाउँदा के देखियो भने यो सभाको विधान खुकुलो तथा उदारवादी छैन।

यसले आफैं आफ्नो घर सानो तथा संकुचित बनाएको छ । यस सभाका विधानअनुसार यस सभामा, यो सभालाई माथि उठाउन सकने थारु समुदयकै कतिपय ठूला बडा व्यक्ति विशेषलाई सभामा सकृयरुपमा प्रवेश गर्ने तथा सभालाई सहयोग गर्ने प्रावधान छैन । जसले गर्दा सभाभित्रबाट मात्र अध्यक्षजस्तो गरिमामय पद समेतको लागि सही व्यक्ति छान्न् कहिलेकाहीँ उपयुक्त व्यतित्वको खडेरी परेको हुन्छ र अन्तमा सभाभित्र जो जस्ता व्यतिहरु उपलब्ध हुन्छन् उनीहरुमै सन्तोष गर्नुपर्ने हुन्छ जसले गर्दा सभाको कामकाज प्रभावकारी हुन् सकिरहेको छैन। किनकि कुनै संस्था आफैँमा केही होइन, व्यति प्रधान हुन्छ। यदि संस्थामा काम गर्न गतिलो सिर्जनशील मानिस नै छैन भने त्यो संस्था आफैँ के गर्छ । त्यसकारण जुनसुकै संस्थालाई गति प्रदान गर्न संस्थामा गतिलो सिर्जनशील, इमान्दार, लगनशील, बुद्धिमान, मिलनसार, सहीलाई सही र गलतलाई गलत भन्नसक्ने जनशक्ति हुनुपर्छ, जुन थाकसमा कमी देखे र जसको परिणामस्वरुप थाकस निस्क्रिय तथा निरीह संस्थाकोरुपमा जीवन बिताउन बाध्य छ।

त्यसकारण, मेरो विचारमा सभाले सभामा सक्षम अध्यक्षको खडेरी समाप्त गर्नको लागि र सभाको आर्थिक स्थिति सुधार गर्नको लागि सभाले आफ्ना विधान केही खुकुलो बनाउनु जरुरी छ । त्यसको लागि सभाले सभामा आफ्ना पार्सदहरु मात्रका प्रावधान बाहेक सभामा पस्न योग्य इच्छाएको महानुभावहरुलाई केही निश्चित रकमर शुल्क राखी वा ५० हजार र सोभन्दा बढीका नगदी जिन्सी सभालाई आर्थिक लाभ पुर्‍याउने थारु समुदयका उच्चशिक्षा प्राप्त, सामाजिक सेवामा प्रतिष्ठा प्राप्त, थारु समुदयलाई राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको प्रतिष्ठा दिलाउने महानुभावहरु र सभालाई समय समयमा यसका कार्यक्रममा शारीरिक, मांसिक सहयोग पुर्‍याउँदै आएको महानुभावहरुलाई सभाको भोटिङ अधिकारलगायत केन्द्रीय अध्यक्ष समेतको उम्मेदवारी दिनसक्ने अधिकार सहितको विशिष्ट सक्रिय सदस्यको प्रावधान राखी सभाको दायरा फराकिलो राखने सल्लाह दिइन्छ। यसले गर्दा थारु समुदयका वरिष्ठ महानुभावहरुको संलग्नता सभासंग बढदै जान्छ र सभाको गरिमा पनि बढदै जान्छ।

अर्को कुरो यस सभाको आर्थिक स्थिति सधैं कमजोर रहिआएको देखिन्छ। एउटा भनाई छ, ‘खोलो पैसा देखो तमासा’ । जोसँग पैसा नै छैन, उसले तमासा कसरी हेर्न पाउँछ? यही अर्थको अभावमा थाकसले न केही कार्यक्रम गर्न सकेको छ, न कुनै थारुको आस्था र विश्वास जित्‍न सकेको छ। यही विश्वासको अभावमा यो संस्थाले आफ्नै समुदयबाट पनि केही अर्थ संकलन गर्न सकिराखेको छ । हुनतः यो थारु समुदयले धेरै अन्य समुदयका गरिब-गरुवा, आर्थिक स्थिति कमजोर भएका तथा मांग्नेहरुको भरणपोषण गर्न सफल छ। तर थाकस आफ्नै समुदयबाट पनि सानु रकम संकलन गर्न न सकेर अर्थको अभावमा केही गर्न न सकेर निश्कृय जीवन बिताउन बाध्य छ । त्यसैले यदि सभाले आफ्नो विधान संसोधन गरेर केही वहांहरुलाई आकर्षण दिन सकियो र आफ्ना हिसाब किताब पारदर्सी बनाउन सकियो भने सभाका आर्थिक स्थिति सुधार हुन सकिने आशा गर्न सकिन्छ ।

थाकसको तेश्रो कमी-कमजोरीकोरुपमा संस्थाका पदाधिकारी छनौट प्रकृयालाई लिन सकिन्छ । भन्न खोजेको के हो भने थाकसमा अहिलेसम्म अध्यक्षको मात्रै प्रजातान्त्रिक विधिले चुनाव गरिने प्रावधान छ बांकी अन्य पदाधिकारीहरुको अध्यक्षको रोजाईमा र धेरै कम मात्रामा सहमतीमा थाकसका आफ्नै पार्सदहरुमध्येबाट छनौट गरिने व्यवस्था छ । हुनतस: धेरै जसो सामाजिक संघ(संस्थाहरुमा पदाधिकारीहरु चयन गरिने यो विधि पनि ठिकै हो, यसबाट संघ-संस्थाहरुमा team sprit हुने बढी आशा गर्न सकिन्छ तर यस विधिमा एकतन्त्रिकरण हुने बढी उम्मीद हुन्छ र पदाधिकारीहरुमा आत्मबल हुंदैन, उ अध्यक्षका गुलाम जस्तो हुन जान्छ र उस्को काम गराई पनि कमजोर हुन जान्छ । अन्तमा संस्था कहींको हुदैंन । त्यसकारण यस सम्बन्धमा मेरो सल्लाह के छ भने केवल अध्यक्ष किन रु सबै पदहरुको प्रजातान्त्रिक विधिले चुनावगरी सबै पदहरुको गरिमा बढाई सबैको काम गर्ने हौसला बढाई दिने । कोई किन कसैको गुलाम हुने रु प्रायस् अहिले अन्तै पनि धेरै जसो संघसंस्थाहरुमा यै प्रजातान्त्रिक विधिबाट पदाधिकारीहरु चयन गर्ने गरिन्छ ।

यस्तै किसिमले थाकसको चौथो कमी(कमजोरीकोरुपमा सभामा सञ्चारमन्त्री तथा अनुशासन कमिटीको अभावलाई लिन सकिन्छ । अहिले संचारको युग हो र यो संचारको युगमा संचारमन्त्रीको कमीले संस्थाका धेरै जसो जानकारीहरु सरोकारवालाहरुसम्म पुग्न सकिराखेको छैन र संस्थामा जानकारीको अभावमा राम्ररी कार्य सम्पादन भइरहेको छैन् । त्यस्तै अनुशासन कमिटीको अभावमा संस्था छाडा हुन् जान्छ जो न हुनु पर्ने हो । यस सम्बन्धमा मेरो के सुझाव छ भने थाकसमा पनि एउटा संचार मन्त्रीको पद होस् जसले गर्दा सभामा जुन संचार र प्रकाशनको समस्या छ त्यो सजिलैसंग समाधान होस् र भोली कोही थाहा नै भएन भनेर सस्तो बहाना सुनाईमा न आओस् । त्यस्तै किसिमले सभाको छाडापन कम गर्न सभामा एउटा बलियो अनुशासन कमिटी होस् जस्ले गर्दा सभामा चाहे अध्यक्ष हुन वा अन्य पदाधिकारीहरु कोई पनि मनमाना गर्न न पाउन् । र त्यस्तै समय आयो भने अध्यक्ष जी समेतलाई महाअभियोग लगाएर हटाउन सकियोस् ।

अन्तमा म के सल्लाह सेवामा राख्‍न चाहन्छु भने सभामा पदाधिकारीहरु जति सक्रीय, मिहनती, रचनात्मक, प्रतिभाशाली, सेवादेही भयो भने संस्था त्थतिनै जीवित जस्तो हुन्छ । त्यसकारण सभामा पदाधिकारीहरु चयन गर्न सबैले चाहे उ कुनै पदका उम्मेदवार हुन् वा वोटर, उनीहरुले पदाधिकारीहरुमा उपर्युत गुणहरु हुनुको अलावा के पनि मनमा राख्नु पर्छ भने सम्बन्धित पदाधिकारी स्वस्थ छ कि छैनर? उ पदको योग्य छ कि छैन्र ? उ काठमाडौं कतिको बस्न सक्छ ? आर्थिक दृष्टिकोणले उम्मेदवार कतिको सक्षम छ ? सभाको लागि कतिको योगदान गरेको छ र गर्ने आशा गर्न सकिन्छ ? उ कतिको इमान्दार छ ? उ कतिको मिलनसार छ ? यी सबै कुराहरु मनन गरेर उम्मेदवारहरुले उम्मेदवारी दिने हुन र बिना कांखापाखाको वोटरहरुले वोट गर्ने हो भने भविष्यमा सभा गतीे लिने छ र यो थारुको प्रतिनिधिमूलक संस्था बनने छ र अगाडि दिनहरुमा यसरी कसैले फेरि- फेरि सभालाई सरसल्लाह दिनुपर्ने छैन।

One thought on “थाकसलाई पूर्वमहामन्त्रीको सुझाव- शिक्षित युवालाई सहभागी गराऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *