भानुराम थारु नेतृत्वसहितको तीन गठनबन्धनद्वारा आन्दोलन घोषणा

morcha nकाठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा, भानुराम थारु नेतृत्व पहिचानमा आधारित संघीय गठबन्धन तथा राजन केसी नेतृत्व संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धन एकीकृत भई आन्दोलनको घोषणा गरेका छन्। तीन वटै गठबन्धन एकीकृत हुँदा मोर्चामा २५ दल पुगेका छन् भने यसको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन्।

पहिचानमा आधारित संघीय लोकतान्त्रिक गणन्त्रको संविधान जारी गराउन मोर्चाले विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। असोज २४ गते माइतीघर मन्डलामा विरोध प्रदर्शन, २७ गते इटहरीमा जुलुस तथा सभा, २९ गते दाङमा जुलुस तथा सभा ३१ गते काठमाडौंमा जनसभा गर्ने भएको छ।

कांग्रेस र एमालेलाई सहमतिमा संविधान जारी गर्नका लागि दवाब दिन संघर्षका कार्यक्रम तय गरिएको मोर्चाका अध्यक्ष दाहालले बताए। सहमति कार्यान्वयन नगरे सडकबाट जनताले आन्दोलन गर्न ढोका खुल्ने उनले चेतावनी दिए।

Leave a Reply

Your email address will not be published.