सिके राउतको निवेदन सर्वोच्चद्धारा खारेज

Ck raut

काठमाडौं- ‘मधेसलाई नेपालबाट अलग गर्ने’ भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज हुने फैसला गरेको छ।

न्यायाधिश सुशीला कार्की र गोविन्द कुमार उपाध्यायको इजलासले विशेष अदालतमा मुद्दा चलिरहेको भन्दै खारेज हुने निर्णय सुनाएको हो। सर्चोच्चले राउतलाई नीजि खर्चमा स्वास्थ उपचारको ब्यवस्था गराउन सरकारको नाममा आदेश जारी गरेको छ। सर्चोच्चले रिहा गर्न माग गर्दै दायर निवेदन खारेज गरेपछि प्रहरीले राउतलाई विशेष अदालत लगेको छ। यस अघि विशेषबाट थपिएको म्याद आजै समाप्त हुँदै छ।
यस अघि सर्वोच्चका न्यायाधिश कल्याण श्रेष्ठ र गोविन्द कुमार उपाध्यायको इजलासमा राउतको बन्दि प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुरु सुनुवाई गर्दै राउतलाई सशरीर उपस्थित गराउन आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published.