राहत संकलन अभियान जारी, हालसम्म साढे दुई लाख जम्मा

MIRD clz

थारु युवाहरुको अगुवाइमा सुरु भएको राहत संकलन अभियानमा हालसम्म दुई लाख ४८ हजार ३ सय ७८  संकलन भएको छ। त्यस्तै अत्याधिक मात्रामा जिन्सी सामानसमेत संकलन भएको छ। आइतबारमात्र थारू एराउन्ड दी वर्ल्ड अमेरिका च्याप्टरका भोजेन्द्र चौधरीमार्फत् ६३ हजार ९ सय ४९ रुपियाँ संकलन भएको छ।
त्यस्तै दुबई बस्ने जगुराम चौधरीले २५ हजार ९ सय ५५ रुपियाँ जम्मा गरेका छन्। आइतबारै त्रिभुवन विश्वविद्यालयको मानविकी संकायअन्तर्गत वैदेशिक सम्बन्ध र कूटनीतिक (एमआइआरडी)का स्नातकोत्तर तहका विद्यार्थी र शिक्षकले दस हजार ८ सय १५ रुपियाँ जम्मा गरेका छन्। एमआरआइडी कार्यक्रमका संयोजक खड्ग केसी र विद्यार्थी रेखा बुढाथोकीले संयुक्तरुपमा राहत संकलन अभियानकाका अभियानकर्ता मदन चौधरी र थारु विद्यार्थी समाज उपत्यका समितिका सचिव बिमल चौधरीलाई नगद हस्तान्तरण गरे। डिपार्टमेन्टका विद्यार्थीले लत्ताकपडासमेत जम्मा गरेका छन्। कलेजका अशोक पौडेलको अगुवाईमा त्यहाँका विद्यार्थीहरुले राहत संकलन अभियानमा सहभागी बनेका थिए।

राज्यले उपेक्षा गरिरहेको बेला युवाहरुले चालेको कदम एकदमै सराहनीय भएको शिक्षक खड्ग केसीले बताए। उनले राज्यबाट हुन नसकेका कामहरु यस्तै युवाहरुले गर्नुपर्ने सुझाव दिए।

Morang Pathari samaj

त्यस्तै अनेरास्ववियु पोखराका विद्यार्थीहरुले लत्ताकपडा बुझाएका छन्। अभियानका कोषाध्यक्ष सञ्जय चौधरीला२ पोखारामा एक कार्यक्रममा १४ बोरा लत्ता कपडा बुझाएका हुन्। राहत संकलन अभियानका संयोजक सीतारम चौधरी र थारु एराउन्ड दी वर्ल्डका प्रेम चौधरीले विभिन्न स्थानमा गई लत्ताकपडा संकलन गरेका छन्।
नगद सहयोग गर्नेहरुको विस्तृत विवरण हेर्नुस्

Leave a Reply

Your email address will not be published.