मोतिपुरको गहना नै बगाएपछि…

  OLYMPUS DIGITAL CAMERA   

सन्तोष दहित, दाङ- केहिदिन अघि अविरल वर्षासँगै आएको बाढीले उरहरी-६, मोतिपुर गाँउलाई नै सखाप पार्नेगरी लग्यो। दिउँसोभरि ब्यस्त रहने मोतिपुरका बासिन्दा रातको खानासँगै निदाएका थिए। तर निन्द्राको बीचमै गाउँ नै सखाप पार्ने भेल बग्यो। OLYMPUS DIGITAL CAMERA
कुरा राति २ बजेको हो। सुतिरहेको ओछ्यानै चिसो भएपछि त्यहाँका बासिन्दा त्रसित बने। ‘ओछ्यानै चिसो भएपछि झसँग भएँ,’ स्थानीय राजकुमार चौधरी सुनाउँछन्, ‘एकछिम सपना देखेजस्तो लाग्यो। तर ज्यान जोगाउपर्छ भन्दै सुरक्षित स्थानतर्फ भाग्यौं।’ उनका अनुसार केही क्षणमै घरभरी पानी जम्मा भएको थियो।

OLYMPUS DIGITAL CAMERA
बेलैमा थाहा पाएर ज्यान जोगाएको उनले सुनाए। तर त्यहीकै कतिको मृत्यु र बेपत्ता भएको खबर सुन्दा उनलाई नमजा लाग्यो। ‘एकछिनमै गाउँ ताल बनेपछि स्थानीयहरु पौडी खेल्दै सुरक्षित स्थानतर्फ लागे। तर कतिको ज्यानको गएको सुन्दा नमजा लाग्यो,’ मोतिपुरका मनिराम चौधरीले भने।

OLYMPUS DIGITAL CAMERA
स्थानीयहरुले बबई नदीले मोतिपुरको गहना नै लगिदिएको बताए। बदलामा बबईले बालुवा-रोरी छाडेर गएको उनीहरुले दुःखेसो पोखे। ‘बबईले बालवा र रोरी थुपारी हाम्रै गहनै लगिदियो,’ मनिरामले भने, ‘न एक दाना अन्न बच्यो, न लुगा।’

OLYMPUS DIGITAL CAMERA
४२ घर रहेको वस्ती नै बाढीले लगेपछि मोतिपुरबासी खुला आकाशमुनि रात कटाउन बाध्य भएका छन्। जति घर बचेका छन् ती सबै उच्च जोखिममा छन्। बचेका केही घरहरु चर्किएका छन्।

OLYMPUS DIGITAL CAMERA
मोतिपुरमा थारु समुदायको बसोबास छ। दाङमा अहिले ६ जना थारु सभासद् चुनिएका छन्। तर डिल्लीबहादुर चौधरीबाहेक अरु सभासद त्यहाँ पुगेका छैनन्। अहिले मोतिपुरका बाढी पीडितहरुका लागि विभिन्न संघसस्था तथा व्यक्तिहरुको सहयोगमा टहरा बनाउने काम भइरहेको छ।

यो पनि पढ्नुस् :

शान्ता चौधरीद्वारा बाढीपीडितलाई राहत वितरण जागुरामको पीडा- ‘पोसिलो खानेकुरा बबईले बगायो, चिउरा खाएर १७ दिने सुत्केरी आमाको दुध नै आएन, नाति कसरी बचाऊँ? 

जागुराम चौधरी भन्छन्, ‘ह्वात्तै आयो, सबै स्वात्तै लग्यो’

दाङ मोतिपुरका बाढी पीडित भन्छन्, ‘ज्यानबाहेक केही बचेन’

Leave a Reply

Your email address will not be published.