जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जय साहसहित २६ को नाममा रहेका सम्पति रोक्का

sanjaya shah

जनकपुरधाम- सम्पति सुद्धिकरण विभागले धनुषा क्षेत्र नम्बर ४ का निलम्वित सभासद् सञ्जयकुमार साह र उनका परिवारसहित २६ जनाको सम्पति रोक्का गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोबाट सम्पति सुद्धिकरण निवारण ऐन २०६४ तथा सम्पति सुद्धिकरण निवारण ऐन २०६६ बमोजिम निज साहलगायत २६ जनामाथि सम्पति सुद्धिकरण कसुरको अनुसन्धान भइरहेकाले सो सम्पत्ति बेचबिखन गर्न नपाउने ठहर गरेको हो।
मालपोत कार्यालय धनुषालाई पठाएको एक पत्रमा विभाग काठमाडौं वा अदालतको अर्को आदेश नभएसम्म सो सम्पति रोक्का राख्नमका लागि विभिन्न व्यक्तिहरूको नाममा अनुसन्धान भइरहेकोले जग्गा जमिनको बेचबिखन गर्न नपाउने भनिएका छन्।
पत्रमा उल्लेखित व्यक्तिहरूको नाममा कुनै जग्गाहरू भइ हालः नामसारी भइ अन्य व्यक्ति वा संस्थाको नाममा कुनै पनि प्रकारको नामसारी भइ गएको भए सोको समेत जानकारी दिन निर्देशन दिइएको छ।
छब्बीस जनामध्ये धनुषा लोहना गाविस–७ घर भइ हालः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा–२ कदम चोक बस्ने साधु यादव सुडीको छोरा वर्ष ३७ को सञ्जयकुमार साह, सोही गाविस–७ घर भइ हालः जनपा–२ कदम चोक बस्ने लक्ष्मण साहको छोरी तथा सञ्जय साहको श्रीमती रंगीलाकुमारी साह, सोही गाविस–७ घर भइ जनकपुर नगरपालिका–२ कदम चोक बस्ने साधु यादव सुडी, सोही गाविस–७ घर भइ जनपा–२ कदम चोक बस्ने साधु साहकी श्रीमती वर्ष ६५ की दुलारीदेवी साह सुडी, सोही गाविस–७ घर भइ जनपा–२ कदम चोक बस्ने साधु साह सुडीको अर्का छोरा रामकुमार साह, सोही गाविस घर भइ जनकपुर–२ कदम चोक बस्ने साधु साहको छोरी अनिता कुमारी साह छन्।
त्यस्तै लोहना गाविस–७ घर भइ जनकपुर नगरपालिका–२ कदम चोक बस्ने साधु साहको छोरी देवन्ती कुमारी साह, सोही गाविस घर भइ जनपा–२ कदम चोक बस्ने साधु साहको छोरी मुन्नीकुमारी साह, सोही ठाउँ बस्ने जनपा–२ कदम चोक बस्ने साधु साहकी छोरी बबिताकुमारी साह, जनकपुर नगरपालिका–१६ बस्ने विक्रम पञ्जियार, सोही ठाउँ बस्ने विक्रम पञ्जियारको छोरा सुजित पञ्जियार, सोही ठाउँ बस्ने विक्रम पञ्जियारको छोरा अजित पञ्जियार र अमर पञ्जियार, बेंगासिहपुर–१ बस्ने दोरीका यादवको नाती जगेशर यादवको छोरा वर्ष ३५ को ओमप्रकाश यादव छ।

सो पत्रमा २६ जना व्यक्तिको नाममा कुन ठाउँमा कति सम्पति रहेको छ सो पनि उल्लेख गरिएको छ। जनकपुरमा भएको बम काण्डका मुख्य योजनाकार मानिएका सञ्जयकुमार साह (टकला) हालः पुर्पक्षका लागि सिरहा कारागारमा रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.