एसियाली खेलकुदका लागि छनोट भएका थारु खेलाडी

Tharu Guy in Sports

खेलकुद क्षेत्रमा थारु समुदायका युवायुवती अब्बल मानिन्छन्। त्यसैले होला हरेक खेलमा थारु समुदायका युवायुवतीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व जनाएकै हुन्छन्। कुनै बेला देवनारायण चौधरीले फुटबलमा आफ्नो प्रभुत्व जमाएका थिए। साफ फुटबलमा आफ्नो नाम उचो बनाएका देवनारयण अहिले विदेश पलाएन भएका छन्। उनी विशेषतः हेडबलका लागि ख्याती कमाएका थिए। त्यतिबेला उनको धेरै हेडबलले जाली चुमाएको थियो।

अहिले पनि नेपालमा खेलिने धैरै खेलमा थारु युवायुवतीको बर्चस्च देख्न पाइन्छ। फुटबल, क्रिकेट, भलिबल एथलेटिक्स, लङजम्प-ट्रिपलज्मप लगायतका खेलमा थारु समुदायका युवायुवतीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन्। असोजमा दक्षिण कोरियाको इन्चोङमा हुने १७औं एसियाली खेलकुदमा नेपालले पनि विभिन्न खेलमा सहभागी हुँदैछ। नेपालले घोषणा गरेको विभिन्न टोलीमा विभिन्न क्षेत्रका थारु युवायुवती परेका छन्।

एथेलेटिक्समा लन्डन ओलम्पिकमा समेत सहभागी जनाएका तिलकराम थारु छनोट भएका छन्। २३ वर्षीय तिलकराम २ सय र ४ सय मिटरमा सहभागी हुनेछन्। सेलेक्सनमा उनले दुबै स्पर्धामा ब्यक्तिगत रेकर्डमा सुधार ल्याएका छन्। उनी भन्छन्, ‘व्यक्तिगत रेकर्ड तोड्ने योजना बनाएको छु। ट्रेनिङ त्यसमै केन्द्रीत छ र राम्रो पनि भइरहेको छ। त्यसैले राष्ट्रिय रेकर्ड बनाउन गाह्रो नहोला भन्ने लागेको छ।’ सागदेखि ओलम्पिक र एसियनदेखि वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपसम्म प्रतिष्ठित सबै प्रतियोगितामा दौडिएका तिलकरामले त्यो अनुभव इन्चोनमा देखाउनेछन्।

उनी ओलम्पिकका साथै २०१० को एसियाड, २०१० को साग, २०११ को वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप, २००९ को एसियन एथलेटिक्स च्याम्पियनसिप र २०१३ को स्पर्धामा २ सय मिटर (२१.५० सेकेन्ड) र ४ सय मिटर (४८.४ सेकेन्ड) मा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

त्यस्तै मल्टी ट्यालेन्टेड एथलेटिक्स क्विनको रुपमा चिनिएकी केशरी चौधरी एथलेटिक्सका लागि छनोट भएकी छन्। उनी एथलेटिक्सका अलवा लङजम्प, ट्रिपल जम्प पनि खेल्छन्। २३ वर्षीया केशरी एक समय यु-१९ क्रिकेट टोलीका सदस्य थिइन्। प्रशिणका दौरान घाइते भएका केशरी अहिले ठीक कन्डिसनमा छिन्। उनी भन्छिन्, ‘पहिले ढाडमा समस्या थियो। त्यसपछि ट्रेनिङ गर्ने क्रममा एक अपरिचित ठोक्किन आएर देब्रे खुट्टामा चोट लाग्यो। त्यसले निकै गाह्रो पार्योट। अब लगभग ठीक भइसकेको छ। ९१औं मलेसियन ओपन एथलेटिक्स च्याम्पियनसिपमा ट्रपिल जम्पमा कांस्यपदक जितेकी थिएँ। त्यसैले इन्चोन एसियाडमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी छु।’

उनले साग २०१०, एसियाड २०१०, एसियन एथलेटिक्स च्याम्पियनसिप २०१३, मलेसियन ओपन २०१४ मा सहभागी जनाएकी छन्। उनले लङजम्प ५.३६ मिटर र ट्रिपलजम्प १२.२० मिटरको राष्ट्रिय कीर्तिमानसमेत बनाएकी छन्।

त्यस्तै फुटबलमा थारु समुदायका दुई जना समेटिएका छन्। चिरपरिचित स्ट्राइकर भरत खवास र अर्का सदस्य आदित्य चौधरी छनोट भएका हुन्। आर्मी क्लबको प्रतिनिधित्व जनाउने भरत खवासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा आफ्नो प्रभुत्व जनाइसकेका छन्। उनले लिगमा मात्र हैन, अन्तर्राष्ट्रिय खेलमा पनि ब्यक्तिगत गोल गरी नेपाललाई विजय दिलाएका छन्। आदित्य चौधरी भने राष्ट्रिय टोलीमा पहिलोपटक सहभागी भएका छन्।

त्यस्तै महिला क्रिकेटतर्फ दुई जना थारु समुदायका सदस्य परेका छन्। टोलीमा ममता चौधरी र सरस्वती चौधरी परेका हुन्। उनीहरु यसअघि पनि यु-१९ राष्ट्रिय टोलीमा सहभागी भइसकेकी छन्। तीन वर्षअघि पहिलोपटक आयोजित यु-१९ महिला राष्ट्रिय प्रतियोगितामा उनीहरु जनकपुरबाट खेलेका थिए। जुन स्पर्धामा जनकपुर विजयी भएको थियो। ममता र सरस्वतीका अलवा उक्त टोलीमा अनुराधा चौधरी र सन्तोषी चौधरी पनि सहभागी थिइन्।

त्यस्तै मलेसियामा जारी यु-१६ प्रिमियर क्रिकेटमा थारु समुदायको प्रतिनिधित्व विजय चौधरीले जनाइरहेका छन्।

त्यस्तै भलिबल क्विन सरस्वती चौधरी राष्ट्रिय टोलीमा छानिएका छन्। भदौ तेस्रो साता त्रिपुरेश्वरस्थित कमर्ड हलमा माल्दिभ्ससँग हुने मैत्रीपूर्ण खेलका लागि उनी छनोटमा परेकी हुन्। उनी यस वर्षको लोकप्रिय खेलाडीको अवार्डसमेत जितेकी थिइन्।

Saraswoti C

को हुन् सरस्वती चौधरी
सरस्वती चौधरीको क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने गरेको छ । महिला भलिबलकी नयाँ सनसनी सरस्वती वर्तमानमा यो खेलकी नेपाल नम्बर एक क्विक स्पाइकर हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुन सक्ने क्षमता भएकी सरस्वतीलाई नयाँ पुस्ताको प्रतिभावान खेलाडीका रुपमा लिने गरिन्छ ।

सरस्वती चौधरी एपिएफ क्लबबाट खेल्छिन् । उनी एपिएफमा आवद्ध भएको करिब १० महिनामात्र भयो । उनी आएपछि एपिएफले एक पछि अर्को सफलता हात पारेको छ । महिला भलिबलमा सर्वाधिक उपाधि जित्ने क्रममा एपिएफले झन्डै १ वर्षको अवधिमा ५ उपाधि हात पा¥यो । एपिएफले प्रथम आइजिपी कप, ढोरपाटन डबल लिग, पर्वतको राष्ट्रिय महिला भलिबल, एनभिए क्लब च्याम्पियनसिप र प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपको राष्ट्रिय भलिबल ट्रफी हात पार्दा सरस्वतीकै भूमिका महत्वपूर्ण थियो ।

वितेको वर्ष एपिएफलाई सफलताका साथै राष्ट्रिय भलिबललाई आशा दिलाउने खालको प्रदर्शन गरेकी उनी यो वर्षको सुरुआतमै ठूलो व्यक्तिगत सफलताको नजिक पुगेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले गर्ने पल्सर स्पोर्टस अवार्डअन्तर्गत उनी वर्षको लोकप्रिय खेलाडीको मनोनयनमा परेकी छिन् । क्रिकेटका कप्तान पारस खड्का, फुटबलका युवा स्ट्राइकर विमल घर्तीमगर, एथलेटिक्सका यामसाजन सुनार र पौडीकी सोफिया शाह उनका प्रतिस्पर्धी हुन् । फेसबुक लाइक र एसएमएस मतका आधारमा छानिने पल्सर वर्षको लोकप्रिय खेलाडीको पुरस्कार हात पार्न उनले यी चार खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । विजेताको घोषणा र पुरस्कार वितरण जेठ १८ गते एक भव्य कार्यक्रमका बीच हुनेछ ।

धनगढी प्रगती टोलकी सरस्वतीले सुदूर पश्चिममा जन्मिएर पश्चिमाञ्चलबाट आफ्नो क्षमता निर्खाने मौका पाइन । पश्चिमाञ्चलपछि उनले एपिएफबाट प्रभाव देखाउँदै आएकी छिन् । एपिएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठको प्रशिक्षणमा सरस्वतीले थप सुधारेकी छिन् ।

५ वर्षअघि गणतान्त्रिक खेलकुद महोत्सवमा सुदूर पश्चिमाञ्चलको भलिबल टिमबाट खेल्दा सरस्वती टिमको दोस्रो रोजाईमा थिइन । वैकिल्पक खेलाडी भएर खेल्न पाउँदा राम्रो प्रदर्शनबाट उनले प्रशिक्षकको ध्यान तानेकी थिइन । पहिलो पल्ट राष्ट्रिय प्रतियोगिता खेल्दा सरस्वतीको सम्भावना देखेर पोखराको फिस्टेल एकेडेमीले उनलाई छात्रवृत्ति प्रदान गरेको थियो । जुन उनको खेलजीवनको महत्वपूर्ण मोड सावित भयो ।

सरस्वतीले ५ वर्ष फिस्टेलबाट भलिबल खेलिन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भलिबल बाहेक सरस्वतीले हाइजम्पमा पनि स्वर्ण जितेकी छिन । सरस्वतीले भलिबलाई मुख्य खेलका रुपमा अगाडी बढाइन । सरस्वतीले पश्चिमाञ्चलबाट खेल्दा पनि राम्रो प्रभाव पारेकी थिइन् । पछिल्ला वर्षमा कमजोर प्रर्दशन गदै आएको पश्चिमाञ्चलले गत वर्ष बाग्लुङमा राष्ट्रिय महिला भलिबल उपाधि जित्दा सरस्वती टोलीको मुख्य खेलाडी थिइन ।

२०६९ सालको ढोरपाटन डबल लिग महिला भलिबलमा फिस्टेल एकेडेमीले तेस्रो स्थान हात पार्दा सरस्वतीले उदीयमान खेलाडी घोषित हुँदै स्कुटर पुरस्कार पाएकी थिइन । २०७० सालमा सरस्वतीले प्रथम आइजिपी कप राष्ट्रिय महिला भलिबलमा सर्वोत्कृष्ट खेलाडी हुँदै स्कुटर हात पार्न सफल भइन । क्लब लिग च्याम्पियनसिपको उत्कृष्ट खेलाडी सरस्वतीलाई नेपाल भलिबल संघले वर्ष खेलाडीबाट पुरस्कृत गरिसकेको छ ।

नेपाली भलिबलमा पुरुष भन्दा महिला टोली सफल मानिन्छ । दक्षिण एसियाली खेलकुदमा महिला टोलीले कांस्य पदक जितेको छ । दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टिमले पदक जित्ने सम्भावना छ ।

महिला भलिबलमा पदक जित्ने नेपालको लक्ष्य पूरा गर्न सक्ने क्षमता भएको खेलाडीमा पर्छिन सरस्वती ।

Leave a Reply

Your email address will not be published.