बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा

बर्दिया- बुधबारदेखि अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन्। बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायत मुर्गौवा, छेदिया, प्रेमनगर, शङ्करपुरवस्तीलगायतका गाउँहरु डुबानमा परेका हुन्। गत वर्ष पनि राजापुर क्षेत्रका विभिन्न क्षेत्रमा बाढीले हजारौं परिवार प्रभावित भएका थिए।
यसैगरी बबई नदीमा पानीको सतह बढेपछि गुलरिया क्षेत्रका केही गाउँलगायत मनाउ, दौलतपुर, पाताभार, मोहम्मदपुर, नेउलापुर, शिवपुर, ठाकुरद्वारा बगनाह गाविसका विभिन्न वडाहरु डुबानमा परेका छन्।

गुलरियाको बबई नदीमा आएको बाढी। हिजो रातिदेखि आएको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा बाढी आएपछि जिल्लाका विभिन्न स्थानहरु डुबान पर्नुका साथै यातायातका सवारी साधन सञ्चालन गर्न समस्या परेको छ ।

बाढीका कारण कुसुम्वा घाटमा नवनिर्मित झोलुङ्गेपुल बग्ने खतरा रहेको छ। डुबान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.