थरुहट कैलालीले जिल्लाभर यातायातका साधन चल्न दिने

लखन चौधरी/कैलाली

निरन्तर दुई महिनादेखि आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी जिल्लाभर यातायातका सबै साधनहरु चल्न दिने र बजार–व्यवसाय पनि खुला गर्ने जनाएको छ। हिन्दुधर्मवलम्बीहरुको महान पर्व दशैंलाई मध्यनजर गरी कैलाली जिल्लाबाट बाह्य जिल्लामा जाने यातायातका साधनहरुबाहेक जिल्लाभित्र चल्ने साधनहरुमा कुनै रोकटोक नगर्ने जनाएको हो।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली प्रवक्ता माधव चौधरीलेजिल्लाभित्र चल्ले सवारी साधनहरुलाई खुकुलो पारेको बताए तर लामो दुरी तथा बाह्य जिल्लामा जानेसबै यातायातका साधनहरुमा आफुहरुको रोकावट कायपमै रहने जानकारी दिए। नेपालको इतिहासमा थरुहट तथा मधेस आन्दोलन सबभन्दा लम्मा आन्दोलन रहेको दावी गर्दै उनले राज्य पक्षबाटविभिन्न बहानामा आन्दोलनलाई दमन गर्ने काम जारी राखेको आरोप लगाए।

थरुहट नेता तथा नेपाली काँग्रेस कैलाली सचिव रामचरण चौधरी लामो दुरीका यातायातका साधनहरुलाई प्रहरी प्रशासनले स्कटिङ गरीे सञ्चालन गर्दै आएको बताए। तर जिल्लाका दुर्गम तथा ग्रामीण भेगमा सञ्चालन हुने सवारी सधानमा रोकावट जारी रहेकोले पनि खुला गरेको बताए। उनले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभर यातायातका साधन आजदेखि खुला गरेको बताए।

साथै पत्रकार सम्मेलनमार्फत टीकापुर घटना घटाएको आरोपमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई यथाशिघ्र रिहाई गर्नु पर्ने माग गरिएको छ।

आउँदै गरेको दशैंलाई कालो दर्शैको रुपमा मनाउँने रकृषकहरुले उत्पादित धानबालीमा कालो झण्डा गाडेर धानबालीको व्यवस्थापन गर्ने जनाइएको छ। यसैबीच थरुहट आन्दोलनलाई सशक्त बनाउँन आमस्तरमै वैचारिक छलफल कार्यक्रमलाई तिब्रता दिने पनि प्रवक्ता चौधरीको कथन छ।

त्यस्तै कैलाली जिल्लामा थरुहट आन्दोलनका तीन ओटा संघर्ष समितिहरुले एक प्रेस विज्ञप्ती जारी गरी थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्।थरुहट/थारुवान संयुक्त संघर्ष समिति, रानाथारू संयुक्त संघर्ष समिति र कठरियाथारु संयुक्त संघर्ष समितिद्वारासंयुक्त रुपमा जारी विज्ञप्तीमार्फत थप आन्दोलनका कार्यक्रमहरु जारी गरेको हो।

संघर्ष समितिका अनुसार सरकारी, गैरसरकारी तथा सार्वजनिक स्थानमा थरुहट/थारुवान स्वायत्त प्रदेशलगायतका नारा उल्लेखित भित्ते लेखन अभियान जारी राख्ने, कालो झण्डा गाडेर अन्नबालीको स्याहार गर्ने, विरोध स्वरुप दशैं पर्वलाई कालो पर्वको रुपमा मनाउँने, आन्दोलनलाई थप सशक्त बनाउँन कार्तिक १५ गतेसम जनजागरण अभियान सञ्चालन गर्ने जनाइएको छ। त्यस्तैअसोज २८ गते कैलालीको पश्चिमी कमाण्डमार ३० गते पूर्वि कमाण्डमा थरुहट/थारुवान यूवा स्वयमसेवकहरुलाई राजनीतिक वैचारिक प्रशिक्षण दिने र राज्यलाई असहयोग गर्ने अभियान पनि सुचारु गर्ने विज्ञप्तीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.