सुब्बा पुनः एमालेमा प्रवेश

Bijaya Subbaकाठमाडौं- एकल जातीयताको वकालत गर्दै डेढ वर्षअघि नेकपा (एमाले)बाट बाहिरिएर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता मूल घर एमालेमै फर्किएका छन्। पार्टी प्रवेश गर्नेमा समाजवादीका सचिव मीना गुरुङलगायत छन्। सुब्बा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य थिए। उनले तत्कालीन एमालेका उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गरेका थिए।
एमालेको केन्द्रीय कार्यालय बल्खुमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतले टीका र खादा लगाएर स्वागत गरे। त्यस अवसरमा अध्यक्ष ओलीले हावाहुरी लागेका बेला रुख ढल्किएजस्तो कहीँ साथी दायाँबायाँ गए पनि पुनः मूलघरमा मोहियानी हक र हिस्साका साथ प्रवेश गरेकामा खुसी व्यक्त गरे।
उनले कुनै पदको लोभ वा आश्वासनबिना सही निर्णय गरेर एमालेमा फर्र्केकामा आभार व्यक्त गरे। नेता सुब्बाले भावावेशमा पार्टी छाडेर गए पनि अन्ततः पार्टीको विचारलाई सही ठान्दै फर्केको र पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, एमालेको जारी दोस्रो केन्द्रीय कमिटीको आजको बैठक केहीबेरअघि प्रारम्भ भएको छ। रासस

Leave a Reply

Your email address will not be published.