सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि, ३३ वटा ढोका खुला

इनरुवा- पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ। आज बिहान ९:१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हुँदै प्रतिसेकेन्ड दुई लाख ५४ हजार २३५ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिए। गत शनिबार साँझ ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड दुई लाख पाँच हजार ६३० क्युसेक पानीको बहाव रहेको थियो।
पानीको बहाव बढेपछि ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बलिएको छ भने ५६ वटा ढोकामध्ये अहिले ३३ वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ। पानीको बहावमा वृद्धि भए पनि जिल्लामा कतै बाढी तथा कटान नभएको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.