तीन जनजाति पत्रकारलाई आइभीए अवार्ड दिइने

काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले एसियामा आदिवासी आवाज (एआपीपी) को हरेक वर्ष प्रदान गरिने आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०१४ (आइभीए अवार्ड) तीन पत्रकारलाई दिने भएको छ।
यस वर्ष छापामा काम गर्ने कान्तिपुर दैनिकका प्रताप विष्ट, रेडियो मैत्रीका सञ्चाकुमारी लामा र एबिसी टेलिभिजनका मिलन लिम्बूलाई दिने निर्णय गरेको फोनिजका महासचिव गजुरधन राईले बताए। तीनै विधाका पत्रकारलाई जनही रु ४० हजार प्रदान गरिनेछ।
डा. कृष्ण भट्टचनको संयोजकत्वमा यही साउन १२ मा बसेको पुरस्कार छनोट समितिको बैठकले तीनै विधामा प्राप्त आवेदन, समाचार समाप्तिको विश्लेषण एवम् मूल्याङ्कनका आधारमा  निर्णय लिएको बताइएको छ।
उत्कृष्ट ठहरिएका तीन पत्रकारलाई फोनिजको स्थापना दिवस तथा विश्व आदिवासी दिवसका दिन यही साउन २७ गते प्रज्ञाभवन कमलादीमा आयोजना हुने विशेष समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। रासस

Leave a Reply

Your email address will not be published.