पूर्वका सात जिल्लामा हाइएलर्ट

saptari_districtविराटनगर-पहिरोले थुनिएको सुनकोसी खुल्दा पूर्वी नेपालको सात जिल्लामा क्षति पुर्या उने भन्दै ती क्षेत्रलाई ‘हाइएलर्ट’ गरिएको छ। कोसी नदीको वहाव क्षेत्रमा रहेको सात जिल्लाका ७१ गाविस सुनकोसीमा आएको प्राकृतिक विपदमा पर्न सक्ने अनुमान गरिएको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरका अनुसार ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, सुनसरी र सप्तरी जिल्लालाई प्रभावित पार्नेछ।

सातवटै जिल्लाको कोसी नदी किनारामा रहेका बस्ती खाली गराइसकिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त फोर्स प्रभावित एरियामा ‘स्ट्याण्डवाई’ राखिएको डिआईजी नवराज सिलवालले बताए। ‘विपदबाट जोगिन हरसम्भव प्रयास गरिसकिएको छ,’ शनिवार आयोजित पत्रकार सम्मेलनमा डिआईजी सिलवालले भने,’कोसी नदीको दुईसय मिटर वरपर संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।’

सप्तरीका ८ गाविस उच्च जोखिममा
सप्तरी- सुनकोसी नदीमा पहिरो खसेपछि थुनिएको पानीको बहाव सप्तकोसीमा आउने खतरा देखिएपछि सप्तकोसी नदी छेउछाउमा पर्ने सप्तरीका विभिन्न गाविसका स्थानीयलाई उच्च सतर्क भएर बस्न आग्रह गरिएको छ।
सुनकोसीको बहाव थुनिएपछि त्यसको पानी सप्तकोसी नदीमा आएर ठूलो धनजनको क्षति हुने खतरा देखिएपछि स्थानीय प्रशासनले सप्तकोसी नदीको छेउछाउका गाविसका स्थानीयवासीलाई सचेत भएर बस्न आग्रह गरेको छ।
सप्तकोसी नदीमा पानीको बहाव बढेपछि सप्तकोसी नदीको बीच भागमै पर्ने सप्तरीको गोबरगाढासहित रम्पुरा मल्हनियाँ, बसाइन, भारदह, २ नम्बर योगिनियाँ, १ नम्बर योगिनियाँ, हनुमाननगर, इनरुवालगायतका गाविसमा ठूलो क्षति पुर्याबउन सक्ने सम्भावना रहेको कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताए।
सुनकोसी नदीको पानीको बहाव सप्तकोसीमा आए कोसी ब्यारेजलाई थाम्न नसक्ने भएकाले सप्तकोसी नदीको चतरा र कोसी ब्यारेजलगायतका स्थानमा नेपाली सेनाको प्राविधिक टोली र इन्जिनियरहरूको टोलीलाई तयारी अवस्थामा राखिएको प्रजिअ बीरेन्द यादवले बताए।
यता सप्तकोसी ब्यारेजको कन्ट्रोल शाखाका अनुसार अहिले सप्तकोसी नदीमा एक लाख ३२ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ। सप्तकोसी नदी यतिको पानीको बहावले मात्र केही क्षति नपुर्यााए पनि त्योभन्दा बढी पानीको बहाव भएमा मात्र खतरा हुन सक्ने सम्भावना रहेको सप्तकोसी नदी कन्ट्रोल शाखाले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.