नयाँ राजनीतिक शक्तिका लागि बहस : भट्टराई

इटहरी- एकीकृत नेकपा (माओवादी)का नेता बाबुराम भट्टराईले विश्वभर द्वन्द्वात्मक भौतिकवाद सिद्धान्तमा आधारित रहेको परिवर्तनकारी आन्दोलन नभएका कारण धेरै आन्दोलनहरु तुहिएर गएको टिप्पणी गरेका छन्।
वैकल्पिक विचार मञ्च सुनसरीले आज इटहरीमा आयोजना गरेको अन्तरक्रियामा उनले नेपालमा माओवादीले सञ्चालन गरेको जनयुद्धले पनि निर्णायक मोड लिन नसकेको स्वीकार गर्दै विश्वमा नै धेरै आन्दोलनले स्पष्ट र निर्णायक मोड हासिल गर्न नसक्नुमा कहीँ कम्युनिष्ट चिन्तन नै त गलत छैन भनेर प्रतिप्रश्न गर्ने बेला आएको उल्लेख गरे। रु
नेता भट्टराईले द्वन्द्वात्मक भौतिकवादी चिन्तनबाट मात्रै मुलुकको सामाजिक, आर्थिक र भौतिक विकासमा रुपान्तरण गर्न सकिने भएकाले अब हामीले पनि नयाँ राज्य शक्ति स्थापनाका लागि यही नीति अवलम्बन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
देशको परिस्थिति र आसपासका छिमेकी मुलुकको अवस्था हेरेर राजनीतिक परिवर्तनका मुद्दा उठाउनु जरुरी हुन्छ भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अहिले विश्वभर पुँजीवादी अर्थतन्त्र हाबी भइरहेको बताए।
चीन र रुसको अर्थतन्त्र पनि राज्य नियन्त्रित पुँजीवादी अर्थतन्त्र नै भएको किटान गर्दै उनले चीन र रुसका अर्थतन्त्र समाजवादी अर्थतन्त्र नभएको पनि जिकीर गरे। रासस

Leave a Reply

Your email address will not be published.