भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नेपालको चौतर्फी विकासमा भारतको सहयोग, सद्भािव र समर्थन अपरिहार्य भएको बताएका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरअघि भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल शान्ति, स्थायित्व, लोकतन्त्र र विकासको पथमा अग्रसर भएकाले त्यसमा भारतको सहयोग आवश्यक भएको बताए।     sushma in nepal-1
निर्धारित समयमा लोकतान्त्रिक एवं समावेशी संविधान जारी हुने बताउँदै त्यसपछि उनले यहाँको समग्र आर्थिक–सामाजिक उन्नयनका निम्ति सरकारले अघि बढाउने विकास–निर्माणका काममा सक्दो सहयोग गर्न भारतसँग आग्रह गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए।
अत्यन्त मैत्री एवं सद्भाोवपूर्ण वातावरणमा भएको उक्त भेटवार्तामा प्रधानमन्त्रीले मोदी सरकारले छिमेकी मुलुकप्रति अवलम्बन गरेको ‘छिमेक नीति’ को स्वागत गर्दै आफ्नो निमन्त्रणालाई स्वीकार गरी नेपाल भ्रमण गर्ने घोषणा गर्नुभएकामा भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेको उनले बताए।
Indian Foreign Minister Visits

सल्लाहकार डा भट्टराईका अनुसार भारतीय विदेशमन्त्रीको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको र त्यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण अझ प्रगाढ एवं सदृढ तुल्याउनमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कोइरालाले बताए।
Indian Foreign Minister Meets President

विदेशमन्त्री स्वराजले आफू भारत र त्यहाँका जनताका तर्फबाट नेपाल र नेपालीप्रति सद्भा व र मैत्रीको सन्देश लिएर यहाँ आएको बताउँदै प्रधानमन्त्री कोइरालाको स्वास्थ्यलाभको कामना गर्नुभएको जानकारी पनि डा भट्टराईले दिए। ‘नयाँ सरकार बनेको यति छोटो अवधिमा भएको आफ्नो भ्रमणले नेपालले भारतबाट प्राप्त गरेको प्राथमिकता र महत्ता प्रस्ट हुन्छ,’  भारतीय विदेशमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार डा भट्टराईले भने।

भेटका अवसरमा यहाँ जारी नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकबारे विचारविमर्श भए पनि विषयगत रुपमा केही कुरा नभएको उनले स्पष्ट गरे। आयोगका कामकारबाही एवं निर्णयबारे भने चर्चा नभएको पनि उनले बताए।
प्Indian Foreign Minister Meets CA Speaker Subash Chandra Newang

रधानमन्त्रीको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गर्दै भारतीय विदेशमन्त्रीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सल्लाहकार डा भट्टराईको कथन थियो। भारतीय जनता पार्टीका नेता नरेन्द्रदामोदरदास मोदीको नेतृत्वमा नयाँ सरकार गठन भएको ठ्याक्कै दुई महिना पुगेकै दिन प्रधानमन्त्री कोइरालासँग भेटवार्ता गर्न पाएकामा खुसी व्यक्त गर्दै भारतीय विदेशमन्त्रीले तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीको सरकारको कार्यकालमा प्रारम्भ भएको शान्तिप्रक्रिया वर्तमान सरकारको पालामा टुङ्गिनेमा विश्वास व्यक्त गर्नुभएको सल्लाहकार डा भट्टराईले बताए।
Indian Foreign Minister Meets Nepali Foreign Minister

भेटवार्तामा भारतका विदेश सचिव सुजाथा सिंह, आर्थिक सहयोगसम्बन्धी सचिव सुजाता मेहता, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीलगायत दुवै मुलुकका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस

तस्बिर सौजन्य : प्रदीपराज वन्त/रासस

Leave a Reply

Your email address will not be published.