थारू राष्ट्रिय साहित्यकारहरूको भेला सम्पन्न

foto 2

दाङ- असार ६, ७ र ८ गते तीन दिन लमही थारू साहित्यमय भयो। थारू राष्ट्रिय साहित्यकारहरूको भेला भई थारू साहित्यक पत्रकारिता तालिममा त्यस्तो अवस्था जुरेको हो। थारू भाषाको लावा डग्गर त्रैमासिकको अयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्चको सहआयोजनामा सम्पन्न भएको कार्यक्रममा बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ–देउखुरी, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका ५६ जनाको सहभागिता थियो। कार्यक्रम जिल्ला विकास समिति सांसद विकास कोषको सहयोग रहेको थियो।
कार्यक्रममा थारू साहित्यिक आन्दोलन र थारू साहित्यिक पत्रकारिता तथा थारू म्यागेजिनको अवस्थाको बारेमा छुट्टा–छुट्टै अवधारणा पत्र कृष्णराज सर्वहारीले प्रस्तुत गर्नु भएको थियो। त्यस्तै दाङदेउखुरीको साहित्यिक पत्रकारिताको अवस्थाको बारेमा छविलाल कोपिलाले, कपिलवस्तुको साहित्यिक पत्रकारिताको अवस्थाको बारेमा श्याम बहादुर थारूले, रुपन्देहीको साहित्यिक पत्रकारिताको अवस्थाको बारेमा बम बहादुर थारूले, कैलालीको साहित्यिक पत्रकारिताको बारेमा सागर कुश्मीले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी थारू नाटक र मञ्चनको बारेमा रङकर्मी सुशील चौधरीले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण कृष्णराज सर्वहारीले गर्नुभएको थियो। कार्यक्रममा कवि गोष्ठी सम्पन्न भएको थियो।
सो अवसरमा थारू भाषामा पहिलो कथा संग्रह, महाकाव्य रचना गर्ने बारा जिल्लाका हृदयनारायण चौधरी, थारू गीत विधामा योगदान पुर्या उने कामताप्रसाद चौधरी, थारू साहित्यको विविध विधामा योगदान पुर्याूउने जीवलाल थारू सत्गौवालाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सभासद योगेन्द्र चौधरीले सम्मानित व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नुहुदै भन्नुभयो– साहित्य समाजको ऐना भएकोले थारू साहित्यकारहरूलाई समसामयिक रचनामार्फत् समाज परिवर्तन दिशामा डोर्या उन सक्ने रचना गर्नुपर्छ।
सो अवसरमा थारू साहित्यको बारेमा ९ बूँदे लमही घोषणा पत्र पनि जारी गरिएको छ। जसमा थारू राष्ट्रिय लेखक संघ गठन गर्ने, प्रत्येक थारू कल्याणकारिणी सभा जिल्ला समितिलाई थारू पुस्तकालयको व्यवस्थापन गर्न आह्वान गर्ने, प्राथमिक तहमा मातृभाषा थारू माध्यमको रुपमा पठनपाठनका लागि थारू शिक्षक समाज लगायत सरोकारवाला निकायलाई आह्वान गर्ने, प्रत्येक वर्ष राष्ट्रिय स्तरको थारू साहित्यकारहरूको भेला गर्ने, थारू साहित्यको श्रीवृद्धिको लागि विधागत प्रशिक्षणको आयोजना गर्ने, स्थलगत लेखन शिविरको आयोजना गर्ने, प्रत्येक वर्ष प्रकाशित उत्कृष्ट थारू कृतिलाई पुरस्कृत गर्ने, प्रत्येक थरुहट जिल्लामा थारू साहित्यक अभियानलाई जोड दिने, थारू साहित्यलाई आधुनिक सूचना सञ्जाल फेसबुक, वेवसाइटमार्फत् पनि बढावा दिने रहेको छ।

Leave a Reply

Your email address will not be published.