सुशील कोइराला ३७औं प्रधानमन्त्री

Sushil-Koiralaकाठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला गणतन्त्र नेपालको छैठौं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को आज बसेको बैठकले बहुमतद्वारा कोइरालालाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो। कुल उपस्थित ५५३ सभासदमध्ये प्रधानमन्त्री कोइरालाले ४०५ जनाको मत प्राप्त गरेका थिए। उनको विपक्षमा १४८ मत परेको थियो।

नवनिर्वाचित प्रधानमन्त्री कोइरालाको विपक्षमा एकीकृत नेकपा (माओवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मत खसेको थियो। प्रधानमन्त्रीको प्रस्तावकमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र समर्थकमा नेकपा–एमाले संसदीय दलका नेता केपी शर्मा ओली थिए।
सभामुख सूर्यबहादुर थापाले मतपरिणामको घोषणा गर्दै नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई बधाई दिएका थिए।
नवनिर्वाचित प्रधानमन्त्री कोइराला सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका छैठौं प्रधानमन्त्री निर्वाचित हुनुपूर्व प्रधानमन्त्रीको कार्यभार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्हाल्दै आएका थिए। रासस

Leave a Reply

Your email address will not be published.