एमाओवादीले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

ucpn moist flagकाठमाडौं- एकीकृत नेकपा(माओवादी)ले आगामी वैशाखमा साङ्गठनिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले साङ्गठनिक राष्ट्रिय सम्मेलनको मिति तय गरेको हो। यसअघि विशेष राष्ट्रिय महाधिवेशन गर्ने बताउँदै आए पनि साङ्गठनिक संरचना टुङ्ग्याउन विशेष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

आजको बैठकमा अध्यक्ष दाहालले सोसम्बन्धी प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि विभिन्न तहमा सुझाव दिनसमेत उहाँले आग्रह गर्नुभएको प्रवक्ता सापकोटाको भनाइ छ।
विशेष राष्ट्रिय सम्मेलनको घोषणासँगै एमाओवादीको हालको केन्द्रीय समिति विघटन भएको जनाइएको छ। जारी केन्द्रीय समितिको बैठकले विशेष राष्ट्रिय सम्मेलन आयोजक समितिको घोषणा गर्नेछ। सो समितिलाई दुई अङ्कको मात्रै कायम गर्ने एमाओवादीको तयारी छ।

बिहीबार बस्ने केन्द्रीय समितिको बैठकमा सो सम्मेलनको आवश्यक विधि र तयारीका बारेमा छलफल हुने बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.