सौराहामा ‘फायर डान्स’

Fire dance 1 कमला चौधरी, बुटवल- फोटो देख्दै आश्चार्य लाग्न सक्छ। मनमा धेरै कुराहरु खेल्न सक्छ के होला भनेर। हेर्दा आगोको गोलो घुमाउरो मुश्लो आकारमा केही चीज जलाएजस्तो। वास्तवमा यो आगोको मुश्लो नाच हो। एउटा लाठीको छेउछाउको भागमा आगो बाली घुमाई घुमाई नाचिने नाच हो। आगोलाई नाचकै माध्यमबाट निभाउने गरिन्छ। यसभित्र एक जना थारु युवाले नाच प्रदर्शन गरेका छन्।
यो दृश्य चितवनको पर्यटकीय नगरी सौराहामा देखाइएको थारु नाचको हो। जसलाई फायर डान्स भनिन्छ। बढी पर्यटकले रुचाउने गरेको नाच यही नै हो। यहाँ पर्यटकको मनोरञ्जनका लागि विभिन्न किसिमका थारु सांस्कृतिक नृत्य देखाइन्छ। विभिन्न किसिमका थारु नाच नाचिन्छ। जस्तै झुमरा नाच, मयुर नाच, लाठी नाच, झम्टा, आदि। त्यसमध्ये पनि यो एक हो। त्यहाँ अक्सर रातिमा यो नाच बाह्य पर्यटकको लागि भनेर देखाइन्छ। Fire dance 3

नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहा हो। यस क्षेत्रमा थारु समुदायको बाहुल्यता छ। पर्यटकीय केन्द्रविन्दु रहेको सौराहामा हात्ती सफारी, मनोरम प्राकृतिक दृश्य, चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र अवलोकन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको भीड लाग्ने गर्छ। विशेष गरी साँझ परेपछि होटल तथा रेष्टुरेन्टमा पर्यटकलाई मनोञ्जन दिलाउन थारु समुदायको झुमरा नाच, मयुर नाच, लाठी नाच देखाउने प्रचलन छ। थारु समुदायले आफनो संस्कृतिलाई पहिचान गर्न थारु पहिरनमा नै नृत्य गर्ने गर्छन्।Fire dance 2

चितवनका थारु समुदायले आफ्नो संस्कृति बचाई राख्नस यसखाले नृत्य गर्ने गर्छन्। एक त व्यवसायिकरुपमा पनि यो नाच नाच्ने गर्छन्। विभिन्न किसिमका विरहका गीतहरु गाउँदै पर्यटकलाई मनोरञ्जन दिलाउनुको साथै संस्कृतिलाई पनि जोगाइरहेका छन्।

Leave a Reply

Your email address will not be published.