आठ दलबीच चार बुँदे सहमति, समानुपातिकतर्फको म्याद १५ गतेसम्मलाई थपिने

काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिको संयोजक संबिधान सभाबाट तोकिने गरी ८ दलबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। बबरमहलस्थित शान्ति कोषको सचिवालयमा भएको सर्वदलीय बैठकमा दलहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। दलहरुबीच सहमतिसँगै नयाँ संबिधान सभा गठनको बाटो खुलेको छ। कांग्रेस, एमाले र एमाओवादीबीच आज बिहान कोष सचिवालयमा भएको वैठकमा ४ बुँदे सहमति भएको थियो।
दलहरुले निर्वाचन आयोगलाई समानुपातिक सभासद्को सूची बुझाउने म्याद पुस १५ गतेसम्मलाई थप गर्न आग्रहसमेत गर्ने भएका छन्। आयोगले दलहरुलाई समानुपातिक सूची बुझाउन भोलिसम्मको म्याद दिएको थियो। दलहरुको आग्रहमा यसअघि पनि आयोगले दुई पटक म्याद थपिसकेको छ। हालसम्म ३० मध्ये १२ दलले मात्र समानुपातिक सभासद्को सूची बुझाएका छन्।

सहमतिमा कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका वरिष्ठ नेता भरतबिमल यादव, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
4 point agreement

Leave a Reply

Your email address will not be published.