भोट माग्दै गौरीशंकर चौधरी

Gaurisankar Chaudhari, kailali-4 candidate, election_2013धनगढी- एकीकृत माओवादीका उम्मेदवार गौरीशंकर चौधरीले जनताहरुसंग छलफल गर्दै भोट मागिरहेका छन्। एकीकृत माओवादीबाट कैलाली क्षेत्र नं. ४ मा संविधानसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ताराले घरदैलो अभियान अन्तरगत जनताको चाहना र गुनासा सुनिरहेका हुन्। उनले जनतालाई आफू उम्मेदवार हुनुको कारण खुलाउँदै एमाओवादीलाई अत्यधिक बहुमत दिन र आफूलाई जिताउन आग्रह गरिरहेका छन्। उनी आज साँडेपानी गाविसका जनताहरुसंग अन्तरक्रिया गर्न व्यस्त छन्।
उनले आफूले जिते प्रतिबद्धता अनुसारको काम गरेर देखाउने बताए। जनतालाई संघीय संविधान र विकास दिनका लागि आफूले कैलाली क्षेत्र नं. ४ बाट जित्नुपर्ने बताए। ताराले युवा स्वरोजगारी बढाउन र गरिबी घटाउनका लागि आफूले विशेष पहल गर्ने योजनाका साथ चुनावमा होमिएको बताए।
घोडाघोडी तालमा पर्यटन प्रबर्द्धन तथा कोइलहुवा तालमा व्यवस्थित माछापालन, चुरे र बसन्ता कोरीडोर संरक्षणमार्फत् आर्थिक बृद्धिदर उकास्ने योजना आफूसंग रहेको उनले बताए। उनले पहलमानपुर, साँडेपानी, रामशिखरझाला लगायतका गाविसमा हुने नदी कटानी र बाढी नियन्त्रण गर्ने योजना एमाओवादीसंग रहेको बताए।
यी योजनाहरु अन्य दलरुले पुरा गर्न नसक्ने बताउँदै ताराले जसको एजेण्डा उसैको नेतृत्व हुनुपर्ने बताए। यसैगरी, कैलाली क्षेत्र नं. ६ का उम्मेदवार लिलाकुमारी भण्डारीको चुनावी प्रचारका लागि उर्मा गाविस–६ उर्मामा आमसभा सम्पन्न भएको छ। एकीकृत माओवादी क्षेत्र नं. ६ को क्षेत्रीय समितिको आयोजनामा शुक्रबार सो सभा सम्पन्न भएको हो। सभालाई उम्मेदवार भण्डारीले सम्बोधन गरेकी थिइन्। उनले आफूलाई जिताउन गोलाकारभित्रको हसिया हथौडामा छाप लगाउन आग्रह गरिन्। उनले आफूले महिला, दलित, जनजाति, सुकुम्बासी र गरिब जनताको मुद्दालाई सशक्त रुपमा उठाउने बताइन्।
कैलाली क्षेत्र नं. १, २, ३ र ५ मा पनि एकीकृत नेकपा माओवादीले चुनाव प्रचारप्रसार तिब्र पारेको छ। क्षेत्र नं. १ का उम्मेदवार फूलराम चौधरी, २ का उम्मेदवार भीमबहादुर कडायत, ३ का उम्मेदवार शेरबहादुर चौधरी र ५ का उम्मेदवार पूर्वमन्त्री लेखराज भट्ट छन्। उनीहरुले आफूहरु कांग्रेस र एमाले भन्दा निकै अगाडि पुगिसकेको बताएका छन्। उनीहरुले आफ्नो चुनाव जित्ने सुनिश्चित भइसकेको समेत बताए।

Leave a Reply

Your email address will not be published.