थारु नेतामाथि गोली हान्ने प्रकाउ

दाङ- केही दिनअघि एमाओवादी जिल्ला नेतामाथि गोली हान्ने आपराधिक गिरोहलाई प्रहरीले समातेको छ। डुरुवा निवासी एमाओवादी जिल्ला सदस्य हरिशचन्द्र चौधरीलाई गोली प्रहार गर्ने पाँच जनाको समूहलाई प्रहरीले हतियारसहित समातेको हो। प्रहरीले उरहरी ८ बेलगनारका पारस हमाल, उरहरी ८ कै भानुभक्त बस्नेत,हापुर १ का रणबहादुर घर्ती, टरीगाउँ ७ का हिरामणी चौधरी र हापुर १ का गोपाल घर्तीलाई हतियारसहित नियन्त्रणमा लिएको हो।
हमाल यो समुहका नाइके हुन्। आइतबार प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले १ थान रिभल्भर पेस्तोल, १० राउण्ड गोली, २ थान गोलीको खोका, एउटा तरवार, एउटा खुकुरीसमेत बरामद गरेको छ। यसैगरी पाँच वटा मोबाइल र सात हजार पाँच सय १५ रुपैयाँसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार यो समूहले एमाओवादी जिल्ला नेता चौधरीलाई डुरवा ३ स्थित उनकै घरनजिकै २ कात्तिकमा गोली हानेको थियो। खुट्टामा गोली लागेका चौधरी हालः नेपालगन्जमा उपचाररत छन्। गोली प्रहारको घटनाअघि विभिन्न समयमा समूहले चन्दा आतंक मच्चाएको तथा गत साउनमा फिरौतीका लागि दुई स्कुले बालकलाई अपहरण गरेको समेत प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। यो समूहले तुलसीपुर नगरपालिका-८, दुधेनाका १० वर्षीय केशव वली र ९ वर्षीय शुलभ भण्डारीलाई साउन २१ मा अपहरण गरेको थियो। प्रहरीको ब्यापक खोजीपछि यो समूहले ती स्कुले बालकलाई छोडिदिएका थिए। प्रहरीले त्याबेला घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको भए पनि अन्य फरार थिए।

Leave a Reply

Your email address will not be published.