थरुहट तराई पार्टी तराईमा तीन स्वायत्त प्रदेशको पक्षमा

tharuhat ghosna patraकाठमाडौं- थरुहट तराई पार्टी नेपालले जातीय समानुपातिक प्रतिनिधित्वको आधारमा सरकार गठन गर्नुपर्ने शासन ब्यवस्थाको पक्षमा आफूलाई उभ्याएको छ। आइतबार पत्रकार सम्मेलन गरेर सो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संसदबाट चयन हुने कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा जातीय समानुपातिकताको आधारमा मन्त्रिमण्डल गठन गर्ने र प्रदेश–केन्द्रको जातीय सभाको निर्वाचक मण्डलद्वारा संवैधानिक राष्ट्रपति चयन गर्ने उल्लेख छ।
केन्द्र र प्रदेशमा प्रतिनिधि र जातीय सभा गठन गर्ने र त्यसमा कम्तिमा पनि प्रत्येक जातीबाट एक र प्रदेशबाट एक जनाको प्रतिनिधित्व सुनिश्चित गराउने ब्यवस्था प्रस्ताव गरेको छ। जातीय पहिचानको आधारमा आत्मनिर्णयको अधिकारसहित तराईमा तीन र पहाड हिमालमा ८ प्रदेश गरि ११ प्रदेश बनाउनु पर्ने प्रस्ताव गरेको छ। जसमा तराईमा चितवन पश्चिम कञ्चनपुरसम्म थरुहट स्वायत्तः प्रदेश, पर्सादेखि धनुषासम्म मध्यतराई सिम्रौनगढ स्वायत्तः प्रदेश, झापादेखि सिराहासम्म पूर्वी थरुहट कोचिला स्वायत्तः प्रदेश, पहाड र हिमालमा खप्तड प्रदेश, खसान प्रदेश, मगरात प्रदेश, तमुवान प्रदेश, ताम्सालिङ प्रदेश, नेवाः प्रदेश, खुम्बुवान प्रदेश र लिम्बुवान प्रदेश रहेका छन।
प्रदेशहरुलाई आर्थिक अधिकारको सम्बन्धमा सो क्षेत्रबाट उठ्ने कुल राजस्वको ९० प्रतिसत प्रदेश र १० प्रतिसत केन्द्रले बाडफाड गर्ने राज्यको बाडफाड प्रस्ताव गरेको छ। सो पार्टीले नेपालको आर्थिक विकासको बाटोको रुपमा भ्रष्टाचार मुक्त देश घोषणा, स्वरोजगारी, प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग र विज्ञान तथा प्राविधिको प्रयोगलाई अघि सारेको छ। State restr for tharuhat
त्यसैगरी केन्द्रमा एक र प्रदेशमा आवश्यकता अनुसार अदालतहरुको ब्यवस्था गर्ने, धर्म निरपेक्षतालाई कायम गर्ने, राष्ट्रिय महत्वका विवादित विषयमा जनमत संग्रह गरेर निकास निकाल्नु पर्ने, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक मिश्रित निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति जातीय रोलक्रमको आधारमा चयन गरिनु पर्ने, पञ्चशिल र असंलग्नता र राष्ट्र संघको बडापत्रको आधारमा परराष्ट्र नीति तय गर्ने, जनताको प्रत्यक्ष मतबाट निर्वाचित मुख्य मन्त्री, आदीबासीलाई नेतृत्वमा २५ वर्षसम्म अग्राधिकार दिने, जातीय जनसंख्याको आधारमा सबैको राज्यमा पूर्ण समानुपातिक प्रतिनिधित्व, महिलाको लागि ३३ प्रतिसतको सुनिश्चितताको प्रतिबद्धता पनि सो पार्टीले आफ्नो घोषणापत्रमार्फत ब्यक्त गरेको छ।

घोषणा पत्रको पूर्ण पाठ यहाँ क्लिक गरेर पढ्नुस्

Leave a Reply

Your email address will not be published.