मिस नेपाल इसानी श्रेष्ठ स्वदेश फर्किइन्

Ishani Shrestha-1काठमाडौं- विश्व सुन्दरी प्रतियोगिताको ६३ वर्षको इतिहासमा नेपालबाट सहभागी भइ उत्कृष्ट दश स्थानभित्रै पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठ  स्वदेश फर्किएकी छन्। इन्डोनेसियामा गत सेप्टेम्बर ३० तारिखमा मिस वर्ल्ड–२०१३ मा प्रतियोगिता भएको थियो। सन् १९९७ देखि नेपालले उक्त प्रतियोगितामा भाग लिँदै आएको हिँडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले जानकारी दिए।

२१ वर्षीय मिस नेपाल इसानी श्रेष्ठ मिस वर्ल्ड–२०१३ प्रतियोगिता सहभागी भइ विभिन्न चरणमा भएको छनौटबाट १०औं स्थानभित्र परेको उल्लेख गर्दै उनले विश्वका अन्य मुलुकको तुलनामा नेपाल केहीमा पनि कमी नभएको र नेपाललाई चिनाउन आफूसँग धेरै शक्ति रहेको बताइन्।

हिडेन ट्रेजरद्वारा आयोजित पत्रकार सम्मेलनमा आफूले मिस वर्ल्ड प्रतियोगितामा १०औं स्थापनासम्म हात पार्न सफल भएको श्रेय हिडेन ट्रेजर, परिवारका सम्पूर्ण सदस्य तथा नेपालीहरूको माया नै भएको बताइन्।

मिस वर्ल्ड–२०१३ मा सहभागी हुँदा नेपाललाई विश्वसामु गौतम बुद्ध जन्मेको देश, सगरमाथाको देश र विभिन्न कला संस्कृतिको धनी देशको रूपमा परिचय गराउन सफल भएको बताउँदै मिस वर्ल्डले आफूलाई धेरै नै माया ममता गरेको बताइन्।Ishani Shrestha-2

बाबुकाजी श्रेष्ठ र भेनस श्रेष्ठकी जेठी छोरी इसानी श्रेष्ठ कक्षा ८ सम्म काठमाडौंको त्रियोग उच्च माविमा अध्ययन गरेको र १० जोड दुईसम्म अमेरिकामा अध्ययन गरेको तथा हालः सामाखुसीस्थित पिपुल्स डेन्टल कलेजमा अध्ययनरत रहेको इसानीकी हजुरआमा शान्ति साखः श्रेष्ठले जानकारी दिइन्। रासस

तस्बिर सौजन्य : रत्न श्रेष्ठ/रासस

Leave a Reply

Your email address will not be published.