दाहालको क्षेत्रमा कुँवरको उम्मेदवारी

padmaकाठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सार्वजनिक कार्यक्रममा दुर्व्यवहार गरेर चर्चामा आएका बागलुङका युवा पद्मबहादुर कुँवरले अध्यक्ष दाहालले उम्मेदवारी दिनुभएको काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

आफूजस्ता युवा बेरोजगारले पनि संविधानसभामा प्रवेश पाउनुपर्छ भन्ने ठानेर उम्मेदवारी दर्ता गराएको कुँवरले पत्रकारलाई बताए। उनले यस उम्मेदवारीलाई कुनै व्यक्तिगत रिसका रुपमा नलिन आग्रह गर्दै सो क्षेत्रमा आफूलाई जित्न सहज हुने भएकाले रोजेको दाबी पनि गरे।

यसैबीच, नेकपा(एमाले) बाट संविधान सभा निर्वाचनका लागि टिकट नपाएपछि केशव स्थापितले आज सङ्घीय समाजवादी पार्टीका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवारी दर्ता गराए। स्थापितले एमालेबाट सोही क्षेत्रका लागि उम्मेदवार बन्ने आकाङ्क्षा राखेका थिए।

Leave a Reply

Your email address will not be published.