केन्द्रीय नेताहरु कहाँ कहाँबाट परे?

top rank leade in CA nepalकाठमाडौं- शीर्ष तथा मधेसी दलले आफ्‍ना केन्द्रीय नेताहरुको उम्मेदवारी टुंगो लगाएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा ५ र काठमाडौं १० बाट उठ्ने भएका छन्। त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइराला बाँके १ र ३ तथा चितवन ४ बाट उम्मेदवारी दिने भएका छन्। त्यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल इलाम १ सर्लाही १ बाट उठ्ने भएका छन्। मधेसी दलतर्फ फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सुनसरी ३ बाट उठ्ने भएका छन्। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ र मोरङ ५ बाट उठ्ने भएका छन्।

एमाओवादीका अन्य नेतामा बाबुराम भट्टराई गोरखा १ रपन्देही ४, नारायणकाजी श्रेष्ठ मकावनपुर २ बाट उठ्ने भएका हुन्। टोपबहादुर रायमाझी अर्घाखाँची १, देवेन्द्र पाण्डे रुपन्देही १, कृष्णबहादुर महरा रोल्पा १, लेखराज भट्ट कैलाली ५ डोटी २ मा उठ्ने भएका छन्।
तस्तै कांग्रेसका वरिष्ठ नेता शेबहादुर देउवा डडेलधुरा १ कैलाली ६, रामचन्द्र पौडेल तनहुँ २, कृष्णप्रसाद सिटौला झापा ३, शेखर कोइराला मोरङ ७, अर्जुननर सिंह केसी नुवाकोट १, रामशरण महत नुवाकोट २, प्रकाश मान सिंह काठमाडौं २, नरहरि आचार्य काठमाडौं ५, गगन थापा काठमाडौं ४ बाट उठ्ने भएका छन्।

त्यस्तै एमालेतर्फ माधवकुमार नेपाल काठमाडौं २ र रौतहट १, केपी ओली झापा ७, वामदेव गौतम बर्दिया १ प्युठान १, भीम रावल अछाम १ बाट उठ्ने भएका छन्।
मधेसी दलतर्फ फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर यादव ५ सर्लाही, गोविन्द चौधरी रौतहट ५ र रामजनम चौधरी कैलाली २, जितेन्द्र देव सप्तरी ३ बाट उठ्ने भएका छन्।

त्यस्तै हृदयश त्रिपाठी नवलपरासी ६, महन्थ ठाकुर सर्लाही ६ र राजेन्द्र महतो सर्लाही ४ बाट उठ्ने भएका छन्।

 

Leave a Reply

Your email address will not be published.