कसरी जोगाउने ब्याट्री लाइफ?

एक पटक चार्ज गरेर हप्तौँ चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटबाट एउटै काममात्र गर्न सकिन्छ। त्यो हो– फोन कल। कम र अनाकर्षक फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाईंलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ। स्मार्टफोन त्यस्ता पकेट कम्प्युटर हुन्, जसमा थि्रडी गेम खेल्न मिल्छ, मन परेका तस्बिर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न मिल्छ। त्योभन्दा रोमाञ्चक कुरा– एक पटक पनि कसैसँग बाटो नसोधी संसार सयर गर्न सकिन्छ। स्मार्टफोन कम्पनीहरू फिचर र एप्सलाई आधुनिकीकरण गर्न अब्बल छन्। तर, ब्याट्री लाइफ बढाउने कार्यमा उनीहरू सफल हुन सकेका छैनन्। लोडसेडिङको मार खेपिरहेका नेपाली स्मार्टफोन प्रयोगकर्ताका लागि त झन् ब्याट्री लाइफ ठूलो चुनौती बनेको छ। स्मार्टफोनको ब्याट्री लाइफ जोगाउन १० टिप्स :

१. ब्राइटनेस घटाउनुहोस्

स्मार्टफोनको डिस्प्ले धेरैलाई रंगीचंगी नै मन पर्छ, तर यो ब्याट्रीका लागि सबैभन्दा ठूलो शत्रु हो। स्मार्टफोनका अरू कम्पोनेन्टभन्दा अत्यधिक यसले ब्याट्री लाइफ तहसनहस पारिदिन्छ। धेरैजसो फोन सेटमा अटो ब्राइटनेस फिचर हुने गर्छ, जसले बाहिरको उज्यालोअनुसार अटो एडजस्ट गर्छ। यो मोडमा तपाईंले आफ्नो फोनलाई राख्नुभयो भने लगातार पूरा ब्राइटनेसमा फोन चलाउँदा भन्दा कम ब्याट्री खपत हुनेछ। अझ तपाईंले आफ्नो स्त्रि्कनको ब्राइटनेसलाई तल्लो लेभलमा सेट गर्नुभयो झन् राम्रो।

 २. टाइमआउट छोट्याउनुहोस्

तपाईंको फोनको डिस्प्ले सेटिङ मेनुभित्र स्त्रि्कन टाइमआउट अथवा यस्तै किसिमको कुनै अप्सन फेला पार्नुहुनेछ। (आइफोन प्रयोगकर्ता हुनुहन्छ भने जेनरल सेटिङभित्र गएर अटोलक हेर्नुहोस्।) यो सेटिङले कुनै काम गरिसकेपछि फोन स्त्रि्कन कति समयसम्म उज्यालो रहिरहन्छ भन्ने कुरालाई नियन्त्रण गर्छ। धेरैजसो एन्ड्रोइड फोनमा १५ सकेन्डमै टाइमआउट हुने अप्सन हुन्छ। तर, आइफोनमा भने यसलाई एक मिनेटभन्दा कममा सेट गर्न मिल्दैन। ब्याट्री लाइफका लागि प्रत्येक सेकेन्ड महŒवपूर्ण हुने भएकाले दिइएकामध्ये टाइमआउटलाई सबैभन्दा छोटो समयमा सेट गर्नुहोस्।

३. ब्लुटुथ र वाइफाई अफ गर्नुहोस्

ब्लुटुथ र वाइफाई ब्याट्री लाइफका अर्का दुई शत्रु हुन्। त्यसैले प्रयोगमा नआएको अवस्थामा यी दुई अप्सन अफ गर्नुहोस्। वाइफाई नभएको स्थानमा वाइफाई अन गर्नुको कुनै औचित्य नहुने हुँदा थि्रजी वा जिपिआरएस प्रयोग गर्नु उचित हुन्छ।

४. जिपिएसमा सावधानी अपनाउनुहोस्

जिपीएस ब्याट्री खपत गर्ने अर्को फिचर हो। यो एक प्रकारको रेडियो हो। यसले स्याटेलाइटको विश्वव्यापी नेटवर्कबाट सिग्नल टिपेर पृथ्वीमा तपाईंको फोनको लोकेसन पत्ता लाउने काम गर्छ। धेरै एपहरूले लोकेसनका लागि फोनको जिपिएस एक्सेस गर्छन्। जिपिएस एक्सेस सबै एपलाई नदिनुहोस्। आफ्नो आवश्यकता हेरेर मात्र एपहरूलाई एक्सेस दिँदा ब्याट्री लाइफ जोगिन्छ।

५. ब्याकग्राउन्डमा रन हुने एप अफ गर्नुहोस्

एक पटकमा एकभन्दा बढी एप्लिकेसन चलाउन सक्ने क्षमता नै मल्टिटास्किङ हो। स्मार्टफोनको यो महŒवपूर्ण फिचरले पनि ब्याट्री लाइफ उत्तिकै ध्वस्त पार्छ। एप चलरिहँदा यसको लोड प्रोसेसरमा पर्छ। ब्याकग्राउन्डमा चलेका एप बन्द गर्नाले प्रोसेसरको लोड घट्नुका साथै मोबाइलको ब्याट्री खपतलाई घटाउन सकिन्छ। मल्टिटास्किङका लागि प्रख्यात एन्ड्रोइड फोनमा एडभान्स टास्क किलर एप इनस्टल गरेर ब्याकग्राउन्डका एपलाई बन्द गर्न सकिन्छ। समय–समयमा सबै एप बन्द गरेर फोनलाई रिबुट गर्नु अझ राम्रो हो।

६. तातो स्थानमा नराख्नुहोस्

स्मार्टफोनलाई तातो स्थानमा नराख्नुहोस्। गर्मी मौसममा कारको अघिल्तिर राख्दा स्मार्टफोनको ब्याट्री छिटै नष्ट भएर जान्छ। स्मार्टफोनले अधिकतम कति तापक्रमसम्म काम गर्ने भन्ने निश्चित रेन्ज हुन्छ। त्योभन्दा बढी तापक्रममा राखे स्मार्टफोनको ब्याट्री स्वतः नष्ट हुनपुग्छ।

७. भाइब्रेसन प्रयोग नगर्नुहोस्

तपाईं फोनलाई रिङटोनभन्दा भाइब्रेसनमा राख्न रुचाउनुहुन्छ? रिङटोनभन्दा भाइब्रेसन मोडमा ब्याट्री बढी खपत हुन्छ। रिङटोन बज्दा आवाज निकाल्नका लागि मोबाइल फोनको सानो …मेम्ब्रेन’लाई भाइब्रेट गरे मात्र पुग्छ। यसको विपरीत भाइब्रेसन मोटरले पूरै फोन हल्लाउन सानो वजन नै घुमाउनु पर्नेहुन्छ। यस प्रक्रियामा धेरै ऊर्जा खपत हुन्छ। आवाजले डिस्टर्ब नहोस् भन्ने चाहनुहुन्छ भने सबै नोटिफिकेसन अफ गरेर फोनलाई देखिने ठाउँमा राख्नुहोस्, ताकि भाइब्रेसनविना नै नयाँ कल आएको थाहा होस्।

८. अनावश्यक नोटिफिकेसन अफ गर्नुहोस्

प्रायः सबै एपले अपडेटका लागि इन्टरनेट खोजिरहेका हुन्छन्। एपहरूले केही भेटाउन साथ आवाज निकाल्छन्, स्त्रि्कन उज्यालो पार्छन् वा म्यासेज देखाउँछन्। अथवा, यी सबै कुरा गर्छन्। स्मार्टफोनको यो स्वचालित गतिविधिले ब्याट्री खपत गरिरहेको हुन्छ। ब्याट्री लाइफ जोगाउन अनावश्यक नोटिफिकेसन अफ गर्नु उत्तम उपाय हो।

९. पावर सेभिङ मोड

स्मार्टफोन कम्पनीहरूले विभिन्न मोडलअनुसार फरक–फरक पावर सेभिङ फिचर उपलब्ध गराएका छन्। यो मोड इनेबल गर्नाले पावर बचत गर्ने फिचर प्रयोग गर्न सकिन्छ। यसले एपहरूलाई ब्याकग्राउन्डमा अपडेट हुनबाट रोक्छ। स्त्रि्कनलाई मधुरो बनाउँछ, स्त्रि्कनको टाइम आउट सेटिङ घटाउँछ र भाइब्रेसन अफ गर्छ। हुन त स्मार्टफोनको ब्याट्री २० प्रतिशत बाँकी रहेपछि यो मोड अटो अन हुन्छ।

१०. अन्य

फ्ल्यास प्रयोग नगरी फोटो खिच्नु ब्याट्री लाइफ जोगाउने अर्को उपाय हो। मल्टिपल सट लिने हो भने त सानो फ्ल्यासले नै ब्याट्री लाइफ ध्वस्त पारिदिन्छ। तत्कालै जवाफ फर्काउनुछैन भने इमेल नोटिफिकेसनको समय २०–३० मिनेटमा सेट गर्नुहोस्। यसले छिटो छिटो आउने नोटिफिकेसनबाट ब्याट्रीलाई जोगाउँछ। तपाईं आइफोन ४ एस वा ५ चलाउनुहुन्छ भने सिरीभित्रको सेटिङमा गएर रेज टु स्पिकलाई डिजेबल गर्दिनुहोस्। यसले पनि तपाईंको ब्याट्री लाइफ जोगाउँछ। फोन नेटवर्क देखाएन भन्दैमा निरन्तर सिग्नल नखोज्नुहोस्। त्यसले ब्याट्री लाइफ ध्वस्त पारिरहेको हुन्छ। ब्याट्री पूर्ण रूपमा डिस्चार्ज नभएसम्म चार्ज नगर्नुहोस्।

Leave a Reply

Your email address will not be published.