कञ्चनपुरका पत्रकार रामचन्द्र कुश्मीलाई ज्यान मार्ने धम्की

कञ्चनपुर- थारु पत्रकार संघ, नेपालका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र कुश्मीलाई ज्यानमार्ने धम्की दिइएको छ। कञ्चनपुरका गोपालबहादुर चन्दको नेतृत्वमा आएको एक समूहले उनलाई ज्यान मार्ने धम्की दिएका हुन्। कार्यालयमा रहेको कुश्मीलाई पत्रकारिता तालिमको प्रमाण पत्र दिन माग गर्दै धम्की दिएका थिए। धम्कीको थारु पत्रकार संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ।
अध्यक्ष लक्की चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘ एफएम कार्यालयमा पत्रकारिता तालिम भइरहेको र सो तालिमको प्रमाणपत्र दिन मागगर्दै चन्द नेतृत्वको समूहले धम्की दिएको छ। गैर पत्रकारले स्वार्थपूर्ति गर्न, प्रमाणपत्रको दुरुपयोगका लागि जवरजस्ती प्रमाणपत्र माग्नु आफैमा लाजमर्दो र आपत्तिजनक छ।’
प्रेस विज्ञप्ती पढ्नुस्
थारु पत्रकार संघ, नेपालका सुदूरपश्चिम इन्चार्ज तथा कञ्चनपुर अध्यक्ष रामचन्द्र कुश्मीमाथि भएको दुर्व्यवहार तथा ज्यानमार्ने धम्कीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
२०७० असोज १४ गते साँझ करिब साढे ६ बजेतिर सुडा ५, सुन्दरपुर कञ्चनपुर निवासी गोपालबहादुर चन्दको नेतृत्वमा आएको चार–पाँचजनाको समूहले पहिचान रेडियो एफएमकै कार्यालयमा आएर दुर्व्यवहार गरेको छ। एफएम कार्यालयमा पत्रकारिता तालिम भइरहेको र सो तालिमको प्रमाणपत्र दिन मागगर्दै चन्द नेतृत्वको समूहले धम्की दिएको छ। गैर पत्रकारले स्वार्थपूर्ति गर्न, प्रमाणपत्रको दुरुपयोगका लागि जवरजस्ती प्रमाणपत्र माग्नु आफैमा लाजमर्दो र आपत्तिजनक छ।
प्रमाणपत्रका लागि निज चन्दले अनेक प्रलोभन देखाएको र नमानेपछि ज्यानमार्ने धम्की दिएको घटना आफैमा भर्त्सनायोग्य छ। पत्रकार रामचन्द्र कुश्मीको भौतिक तथा पेशागत सुरक्षाका लागि हामी सुरक्षा निकाय तथा सम्बन्धित सरकारी पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं। साथै अपराधीक जत्था निज चन्द नेतृत्वको समूहलाई कडा कारवाहीको माग गर्दछौं। हाम्रो माग सुनुवाई नभए कडा आन्दोलनमा जाने चेतावी समेत दिन चाहन्छौं।

……………….
लक्की चौधरी
(अध्यक्ष)

Leave a Reply

Your email address will not be published.