भारतलाई हराउँदै अफगान साफ च्याम्पियन

saffकाठमाडौं- ६ पटकको विजेता भारतलाई हराउँदै अफगानिस्तान साफ फुटबलमा नयाँ शक्तिको रुपमा उदाएको छ। दशरथ रंगशालामा भएको फाइनलमा अफगानिस्तानले भारतलाई २-० ले हराउँदै साफ च्याम्पियनसिपको उपाधि कब्जा गरेको हो। खेलको ९ औं मिनेटमा मुस्तफा अजाडोझी र ६२औं मिनेटमा सन्जर अहमदीले गोल गर्दै परम्परागत फुटबल शक्ति भारतलाई निरीह सावित गरिदिए।

सातौं साफ च्याम्पियनसिपको फाइनलमा अफगानिस्तानलाई ४-० ले हराएको भारत ८औं साफमा अफगानिस्तानसँग निरीह बन्न पुगेको हो।

यी दुबै टोलीले पुरानै प्रतिद्वन्द्वी नेपाल र माल्दिभ्सलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए। विजेता अफगानिस्तानले साफ च्याम्पियनसिपको ट्रफीसँगै ५० हजार अमेरिकी डलर पाएको छ भने भारत दोस्रो हुँदै २५ हजार अमेरिकी डलर पाएको छ। सेमिफाइनल पुगेका नेपाल र माल्दिभ्सले भने १०-१० हजार डलर पाउनेछन्।

नेपालको दुई पेनाल्टी बचाएका अफगानिस्तानका गोलकिपर मन्सुर फगरियारलाई अफगानी राष्ट्रपति हामिद कारजायीले २० हजार अमेरिकी डलर दिने घोषणा यसअघि नै गरिसकेका छन्।

खेल हेर्नुस् :

Leave a Reply

Your email address will not be published.