थरुहटमा उम्मेदवारी सिफारिस

काठमाडौं- थरुहट तराई पार्टी नेपालले संविधान सभा निर्वाचनका लागि ९ जिल्लाबाट उम्मेद्वाईर सिफारिस गरेको छ। तराईका १ सय २२ स्थानबाट उम्मद्वा]री उठाउने योजनासहित पहिलो चरणमा ९ जिल्लामा सिफारिस गरिएको पार्टीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ। पार्टीले नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर र सुनसरीबाट उम्मेदवारी सिफारिसको घोषणा गरेको हो। सुनसरीमा भने एक क्षेत्रका लागि मात्र सिफारिस गरिएको हो। पार्टी अध्यक्ष भानुराम थारुलाई कैलाली ३ क्षेत्रबाट सिफारिस गरिएको छ।

त्यस्तै पार्टीका वरिष्ठ नेता गोपाल दहितलाई बर्दियाको ४ क्षेत्रबाट सिफारिस गरिएको छ। सोही क्षेत्रबाट सचिव मिनराज चौधरीलाई पनि सिफारिस गरिएको छ। महासचिव नन्दकुमार चौधरीलाई भने दाङ क्षेत्र १ बाट सिफारिस गरिएको छ। उपाध्यक्ष हृदयनारायण चौधरीलाई भने सुनसरी ६ बाट सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published.