अष्टीमकी

sanju chaudharyसन्जु चौधरी– थारु जातिको महिलाहरुको महान पर्व अष्टीमकी हो पर्व कृष्ण जन्मअष्टमीको दिन पर्छ। यो पर्वमा विवाहित महिला, किशोरी, बालिकाहरु पनि ब्रत बस्छन्। यो पर्वको बेलामा अघिल्लो दिन र खाने चलन छ। दरमा चाहिँ घोंघी, माछा, गँगटा, अनिवार्य हुन्छ। दर चाहिँ भाले बास्नुभन्दा पहिले खाइसक्नुपर्छ यदि भाले बासेपछि खायो भने त्यो जुठो मानिन्छ। अष्टीमकी लेख्ने प्राय जसो केटा मान्छे हुन्छ। लेख्ने मान्छे पनि ब्रत बस्नेसँग दर खाएर भोकै बसेर अष्टीमकी लेखी सकेपछि मात्र खाना खान्छन्। भोली पल्ट बिहान बिहान नुहाएर ब्रत बस्ने चलन छ।

यो ब्रतमा कोही केही पनि नखाइकन ब्रत बस्छन् भने कोही फलफूल खाएर पनि ब्रत बस्छन्। अष्टीमकीको ब्रत बसेका महिलालाई पुरुषहरुले गिज्याउँछन्, ‘कबली कोहरा कुलुर मुलुर भनेर’ ( भोक लागेर फर्सी र कुपीन्डोको पात ओलाएको जस्तो भनेर भन्छन्)। यो ब्रत बसेका महिलाहरु साँझमा पुनः नुहाएर अष्टीमकी टीक्नको लागि नुहाएर नयाँ लुगा, गहना लगाउँछन्। पहिले पहिले सबै जना भलमन्साको घर वा महताँवाको घरमा जम्मा भएर अष्टीमकी टीक्ने चलन थियो अहिले यो चलन हराएको छ। अहिले सबै जना आ– आफ्नो घरमा नै बनाएर टिक्ने चलन छ। अष्टीमकी टिक्नको लागि घरको मुली महिलाले घरको देवताको अगाडी बत्ति बालेर अनि अष्टीमकी टिक्नको लागि बत्ति बालदिन्छिन्।

यसको लागि थालमा चामल घुन्यासर फुला (फूल) पाटी र लरङ्गी राखेर लहरै तयार गरिसकेपछि ब्रत बस्नेहरु लहरै ठूलो मान्छे अगाडी त्यसपछि लहरै गरि बहरीमा निस्कन्छन्। बहरीमा तयार गरेको अष्टीमकी एउटा डेहरीमा बनाएको हुन्छ यसमा परम्परागत चित्रहरु बनाएको हुन्छ। सबैको आ–आफ्नो अर्थ हुन्छ चित्रमा सबभन्दा माथि दायाँ र बाँयामा चन्द्रमा सूर्य हुन्छ। त्यसपछि त्योभन्दा तल पाँच पन्डावाँको दुई लाइनको चित्र हुन्छ र छेउ छेउमा मदर्या र सोंगियाको चित्र हुन्छ। त्यसपछि तल दाँया छेउमा बरमुरुवाको चित्र हुन्छ  बरमुरुवाको १२ ओटा टाउको बनाएको हुन्छ। जसले यसलाई टिक्यो भने उसले छोरी छोरी पाउँछ भन्ने मान्यता छ। बिचमा डोली बोकेको मान्छेहरु बनाएको हुन्छ।

त्यसभन्दा तल रुखमा बादर बसेको र तल कुकुरहरुको चित्र हुन्छ। त्यो भन्दा तल नाउँमा राधाले दहि बेच्न गएको चित्र हुन्छ। सबै जना पालै पालो सिन्दुरलाई बुढी औलामा लगाएर सबैको टाउँको टाउँको नछुटाईकन टीक्नु पर्छ बरमुरुवा चाही टिक्नु हुँदैन। टिकी सकेपछि कलश राखेको पानी दुई पटक दुई हात जोडेर जल चढाउनुपर्छ। टीक्ने काम सकेपछि सबै जना लाइनमा बसेर ब्रतको लागि तयार गरिएको प्रसाद खानको लागि।

सबै प्रकारको प्रसाद भाग लगाई सकेपछि नौनीलाई आगोमा धुपाएर पानी चढाएर फेरी पूजा गरिन्छ। त्यसपछि सबै जनाले आफ्नो आफ्नो भागबाट सबै प्रकारको प्रसाद निकालेर राख्ने गरिन्छ। सबैले अलग अलग निकाल्ने। त्यो निकालेको परसाद दाजु भाइको लागि दिइन्छ भाइ वा दाई नाता पर्ने बाहेक अरुले खान हुँदैन। प्रसाद निकालिसकेपछि सबै जना फलफूलमा काक्रा, अम्बा र केरा अनिवार्य हुन्छ र दही। यो खाईसकेपछि सबै महिलाहरु एउटा घरमा जम्मा भएर रातभर अष्टीमकिह्या गीत गाउँछन्। जुन यसप्रकार रहेको छ।
तै कार इसरुर बैठी बीसैठ्या,
कब जैब्यर इसरुर हरवा उहार।
तै कारी जासुरी हरवा उहार पठैठ्या,
मोर लाग जासुरी भतकी भतौरा रिझाए
यो दिन जागराम बस्दछन्। भोलिपल्ट विहान उठेर हात मुख धोएर पुनः साझ जस्तै अष्टीमकी टिक्नु पर्छ। त्यसपछि टिक्नको लागि प्रयोग गरिएको सबै सामानहरु खोला वा नदीमा असराउनु पर्दछ। असराउन जाने बेला बत्ति बालेर जानु पर्दछ जसको बत्ति बाटोमा निभ्छ त्यसलाई जुठो मानिन्छ। खोला वा नदि पुगेपछि सबैले आफ्नो बत्तिलाई असराउनको लागि पातको बत्तिमा राख्दन्। त्यसपछि सबैले आफ्नो बत्तिलाई खोलामा बगाउछन्। बगाइ सकेपछि नुहाई धुहाई गरेर घरमा आउँदछन्। फरहार  गर्नको लागि ५वा ७ थरीको तरकारीको परिकार हुन्छ।

अनिवार्यमा गेडागुडी, कर्कलोको पात, खेर्या( कर्कलोको पात र पीठमा मसला राखेर  बाफले बनाएको परिकार) पवईको साग, कइठा आदि चाहि अनिवार्य हुन्छ। यो खाना खानु भन्दा पहिले पनि नौनीले आगोमा धुपाएर जल चढाएर त्यसपछि दाजु भाइको नाममा आफ्नो भागको सबै परिकारबाट अलि  अलि निकालेर राखिन्छ त्यो खानेकुरा दाई भाईले मात्र खाने गर्दछन् यसरी अष्टीमकी  पर्व गरिन्छ। यो पर्व खास गरी दाजु भाई दिदी बहिनीको पर्व हो।

2 thoughts on “अष्टीमकी

  1. Sita ram G Guriya k barem mai mai nilikhal rahu Astimki k barem kel likhal batu o Atwari article fe aai herbi tharuwan.com m

Leave a Reply

Your email address will not be published.