बाल विवाहविरुद्ध सडक नाटक

सन्तोष दहित- दाङ- सगरमाथा सहयोगी समूहको आयोजना र एफएनसी तथा एसीसीको सहयोगमा श्री दिपेन्द्र मावि मानपुरमा बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन गरियो। पछिल्लो समयमा जिल्लाको विभिन्न ठाँउमा बाल विवाह बढ्दै गएको समाचार आएपछि सगरमाथा समूहले बाल विवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले गाँउ-गाँउमा सगरमाथा सहयोगी समूहले बाल विवाहविरुद्ध सडक नाटक प्रदशन गर्न थालेको एसीसीका काउन्सीलर ज्ञानु थापा बताए।
समूहले सानोमा बाल विवाह गरेपछि भविष्यमा बालबालिकामा आउने समस्यालाई नाटकमा उतारेको छ। समाज जे जस्तो घटना घटेपनि यस्तो विषयमा सबै बालबालिकाका अभिभावक समयमा सचेत हुनुपर्ने नाटकमा प्रर्दशन गरिएको थियो।
नाटकमा दिलकुमारी चौधरी, शिला चौधरी, पुष्पा चौधरी, जिवा चौधरी, निर्मला चौधरी, रिता चौधरी, सम्झना चौधरी, शिला चौधरी र लक्ष्मी चौधरीले अभिनय गरेका थिए। काउन्सीलर ज्ञानु थापाको अनुसार यस्तो खाले नाटक दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा प्रर्दशन भइरहेको जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published.