चार कमलरी अभियानकर्तालाई विदाइ

11सन्तोष दहित- दाङ- मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालयले एक कार्यक्रम आयोजना गरी चार कमलरी अभियानकर्तालाई विदाइ गरेको छ। मञ्चको केन्द्रीय अध्यक्ष मञ्जीता चौधरीको अध्यता तथा कार्यक्रम प्रबन्धक एवं कमलरी अभियानकर्ता फकला थारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताले कमलरीको आन्दोलन उपलब्धीमूलक रहेको बताए।
कार्यक्रमको प्रमुख वक्ताको रुपमा रहेका थारुले आन्दोलनको क्रममा संस्थाका कर्मचारी, कमलरी बहिनी, कमलरीका अभिभावक, राजनीतिक दल, नागरिक समाज, पत्रकार, मानवअधिकारर्की, विभिन्न संघसस्थाका अगुवा तथा प्रतिनीधिको सहयोगले मात्र सफल भएको बताए।
संस्थामा लामो समयसम्म कार्यरत कर्मचारीलाई माया चिनो र अबिर लगाएर विदाइ पनि गरिएको थियो। विदाइ हुनेमा दाङबाट फिल्डकोडिनेटर सेतलाल डाँगी, कैलाली जिल्लाका कार्यक्रम अफिसर गद्दुलाल चौधरी, बर्दियाका कार्यक्रम सहयाक प्रबन्धक जगतराम थारु र कञ्चनपुरका कार्यक्रम सहयाक प्रबन्धक देशराम राणालाई मायाको चिनो र धन्यवाद पत्रले विदाइ गरियो।
मञ्चको केन्द्रीय उपाध्यक्ष शारदा चौधरीको स्वावत मन्तव्यबाट सुरु विदाइ कार्यक्रममा मुक्त कमलरी विकास मञ्च दाङका अध्यक्ष उर्मिला चौधरी, बाँकेका अध्यक्ष दिलकुमारी चौधरी, बर्दियाका अध्यक्ष कमला चौधरी, कैलालीका अध्यक्ष सुजाता चौधरीलगायतले आ-आफ्ना धारणा राखेकी थिइन्। कार्यक्रममा कर्मचारीको तर्फबाट संस्थाका कार्यक्रम सहायक प्रबन्धक पुरनप्रसाद चौधरीले धन्यवाद दिए।
करिब ३ वर्ष अगाडि मुक्त भएका कमलरीले आफैं सस्था दर्ता गराई दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा शाखा विस्तार गरी कमलरी अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही संस्थाको अगुवाइमा १२ हजारभन्दा बढी कमलरी उद्धार गरी ६ हजार मुक्त भएका कमलरीलाई विद्यालय र करिब ६ हजार मुक्त कमलरीलाई सिप विकास तथा आयआर्जनको तालिम दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published.