दहितद्वारा लिखित तीन वटा किताब विमोचन

book lunch- gopal dahit-1काठमाडौं– थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितद्वारा लिखित/सम्पादीत तीन वटा किताबको शुक्रबार विमोचन भएको छ। उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा दहितले लेखेका ‘थारु जडिबुटी ज्ञान र यसको अभ्यास– भाग २, थारु सख्या नाच गीत र थारु ब्याकरण’नामक किताब उपराष्ट्रपति परमानन्द झाले विमोचा गरे। थारु समुदायका मानिसले पुर्खौदेखि प्रयोग गर्दै आएका जडिबुटीको प्रयोगबारे उनले किताबमा उतारेका छन्। लामो अनुसन्धानपछि उनले यो किताब तयार पारेको बताए। उनले यसको पहिलो भाग यसअघि नै प्रकाशित गरिसकेका छन्।

विमोचित अर्को किताब ‘थारु सख्या नाच गीत’ भने पश्चिम तराईका थारु समुदायको नाचबारे रहेको दहितले बताए। निकै लोकप्रिय रहेको ‘सख्या’ नाचमा गाइने गीतलाई किताबमा समावेश गरिएको छ। यो किताब भने मानबहादुर पन्नाले लेखेका हुन्।

त्यस्तै थारु भाषा सिक्न सजिलो होस् भनेर ‘थारु ब्याकरण’ लेखेको उनले बताए। ‘धेरैले थारु भाषा कसरी सिक्ने भनेर जिज्ञासा राख्थे,’ उनले भने, ‘यसले त्यस्ता मानिसको जिज्ञासा पूरा गर्ने बताए। कार्यक्रममा साहित्यकार कृष्णराज सर्वाहरिले किताबको टिप्पणी गरेका थिए।

book lunch- gopal dahit-2book lunch- gopal dahit-3 book lunch- gopal dahit-4

 

 

Leave a Reply

Your email address will not be published.