फोरम नेतामाथि अज्ञात समूहको गोली प्रहार

बर्दिवास- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरको अति व्यस्त चोकमा अज्ञात समूहले आज मध्याह्न एक जनालाई गोलीप्रहार गरी घाइते बनाएको छ। मधेसी जनाधिकार फोरम नेपाल जिल्ला कार्यालयका सचिव जलेश्वर–६ का बासिन्दा ३५ वर्षीय प्रकाश साहलाई नगरको खैराचोकस्थित पार्टी कार्यालयमै बसेको बेला अज्ञात समूहले गोलीप्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो। साहलाई नम्बर खुल्न नसकेको मोटरसाइकल चढिआएका दुई जनाले गोली प्रहार गरेको कार्यालयका निमित्त प्रमुख एव्म प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए। 
घाइते साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दाहिने कुहिनामा गोली लागेका साहको अवस्था खतरामुक्त रहेको बताइएको छ। गोली प्रहार गरी भागेकाहरूको खोजीमा प्रहरी टोली परिचालन गरिएको बरालले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.