किसान नेता गुम्रा थारुको सम्झना

dumra tharuसन्तोष दहितदाङ- दंगाली किसान नेता गुम्रा थारुको ५४ स्मृति दिवस मनाइएको छ। उक्त अवसर पाररे उनको शालिकमा माल्यार्पण गरियो। थारुको शालिकमा नेकपा एमाले दाङका अध्यक्ष नरुलाल थारुले माल्यार्पण गरे। माल्यार्पणमा जिल्ला तहका नेता, कार्यकर्ता, वुद्धिजीबीको सहभागिता थियो।

किसान आन्दोलन गरिरहेका बेला तत्कालीन नेपाली कांग्रेसको सरकारले  २०१७ साल साउन ६ गतेका दिन गोली हानी हत्या गरेको थियो। थारु किसान आन्दोलनमा अग्रणी भूमिका खेल्दै आएका थिए। त्यतिबेला दाङमा किसानको ठूलो आन्दोलन चलेको थियो। दाङ लक्ष्मीपुर-६, बलुवा निवासी नेता थारु पञ्चायतविरोधीको रुपमा पनि चिनिन्छन्।

थारुको हत्यापछि नेकपा एमालेले उनको सम्झनामा २०५९ साल साउन ६ गतेको दिन घोराहीको ट्राफिक चौक नजिकै थारुको शालिक अनावरित गरिएको थियो। त्यसयता प्रत्येक वर्ष थारुको सम्झनामा साउन ६ गतेका दिन नेकपा-एमाले पार्टिले विभिन्न कार्यक्रम गर्दै आएको छ। नेता थारुको सम्झनामा घोराही-२, पनौरामा २०६६ साल असार १७ गतेका दिन गुम्राहा थारु सांस्कृतिक संग्राहलय पनि स्थापनन गरिएको छ।

Leave a Reply

Your email address will not be published.