थारू गुर्वा र प्रणालीको खोजी

krishna sarwahari bookउदय आले– समयसँगै फेरिदैछ जीवनशैली र जीवनशैली सँगै बढलिदैछ सामाजिक मूल्य, मान्यता र परम्पराहरु। मानव निर्मित परम्परागत मूल्य, मान्यता, रीतिरिवाज र चालचलनहरु विस्तारै समाजबाट हराउदै गइरहेका छन। हिंजोसम्म समाजलाई व्यवस्थित र मार्ग निर्देशन गर्ने तिनै परम्पराहरु भत्किदै र हराउदै जानु दुःखद पक्ष हो। समाजसँग अभिन्न रुपमा जोडिएको यावत तत्वहरु मध्ये परम्पराले पनि मानव जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मानव जीवनलाई आजको सभ्य र विकसित अवस्थासम्म आइपुग्न सामाजिक मूल्य, मान्यता र परम्पराले पुर्यामएको योगदानलाई नजरअन्दाज गर्न सकिदैन। नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको देश हो। यहां १२५ जातजाति र १२३ भाषा रहेको २०६८ को जनगणनामा उल्लेख गरिएको छ। नेपालमा भौगोलिक भिन्नता अनुसार जीवनशैली र परम्पराहरु फरक, फरक रहेको पाइन्छ। 
म अध्ययनका लागि शहर पस्नु भन्दा पहिलेसम्म गाउमा विरामी भयो कि गुर्वाअलाई बोलाउने वा ऊ कहां पुगिहाल्ने चलन थियो। गुर्वाकले ठीक हुन्छ भन्यो भने मन हलुङ्गो हुने गर्दथ्यो। त्यो छाप यतिसम्म पर्यो कि कहिलेकांही विरामी पर्दा गुर्वाथलाई देखाउन पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो। यो भयो मेरो बाल मस्तिष्कमा परेको मनोवैज्ञानिक प्रभाव। अध्ययनपछि जन्मदेखि मृत्युसम्म र अन्य विशेष अवसर, पूजापाठ र चाडपर्वमा थारु गुर्वाखले खेल्ने भूमिकाको अध्ययन गरे। सामान्य रुपमा हेर्दा के देखिन्छ भने गुर्वाखको काम तन्त्रमन्त्र गर्ने र विरामीलाई निको पार्ने हो।

गुर्वाको काम तन्त्रमन्त्र मात्र गर्ने हो कि अन्य सामाजिक जिम्मेवारी र उत्तरदायित्व पनि हुन्छ भन्ने थाहा पाउनका लागि पत्रकार एवं लेखक कृष्णराज सर्वहारीको थारु गुर्वाभ र मन्त्र ज्ञान नामक अनुसन्धानमूलक पुस्तक उपयोगी हुन सक्छ। पुस्तक त्यो समयमा प्रकाशित गरिएको छ जुन समयमा प्रत्येक आदिवासी जनजातिले आफ्नो चिनारी, मौलिकता, परम्परा र भूमिका खोजिरहेको छ। दिनानुदिन समाजमा विस्तारै हराउदै जान थालेको गुर्वा् प्रणालीलाई गहिरो गरी मिहिन तरिकाले अध्ययन गरेर पुस्तक प्रकाशन गरेकोमा लेखक कृष्णराज सर्वहारीलाई धेरै, धेरै कार्य सफलताको शुभकामना।
कुनै पनि पुस्तक समीक्षकको कसीमा राम्रो वा नराम्रो र यो वा त्यो रुपमा प्रस्तुत गर्ने गरिन्छ, तर आम पाठकका लागि पुस्तकको उपादेयतालाई बिर्सन हुदैन। विशेष गरी थारु गुर्वा  र मन्त्र ज्ञान समाजशास्त्र/मानवशास्त्रका विद्यार्थी र अनुसन्धानकर्ताका लागि उपयुक्त पुस्तकको रुपमा अध्ययन गर्न सकिने देखिन्छ। यसका साथै आम पाठकले गुर्वा् प्रणालीलाई सुक्ष्म रुपले अध्ययन गर्न पाउनेछ। अब म थारु गुर्वाग र मन्त्र ज्ञान पुस्तकको विषय–वस्तुमा प्रवेश गर्न चाहन्छु। पुस्तकको शिर्षकले नै पुस्तकको सम्पूर्णतालाई अभिव्यक्त गरेको छ।

आकर्षक आवरणमा विधिविधान सहित गुरै गरिरहेको गुर्वातको तस्विरले विषय–वस्तुलाई उजिल्याएको छ। आवरण बाहेक १८४ पृष्ठ रहेको पुस्तकको मूल्य रु. २००।– स्वाभाविकै मान्नु पर्दछ। एसएनभी नेपाल र सामाजिक समावेशीकरण कोषको सहयोगमा अनुसन्धान गरिएको यस पुस्तकको प्रकाशकमा थारु पत्रकार संघ नेपाल, काठमाण्डौ रहेको छ। लेखकले अनुसन्धानको उद्देश्य अनुरुप पुस्तकलाई पाँच खण्डमा विभाजन गरेका छन्।
अब लागैं विषय–वस्तुको उठान र सान्दर्भिकतातिर। अनुसन्धानकर्ता सर्वहारीले पुस्तकलाई प्रामाणिक बनाउन वस्तुगत र तथ्यगत प्रस्तुतिलाई जोड दिएका छन। स्थलगत अवलोकन विवरण र गुर्वागसँग गरिएको छलफलले विषय–वस्तुलाई उजागर गर्न टेवा पुर्याँएको छ। प्रकृतिपुजक थारु जातिमा गुर्वा त्यस व्यक्तिलाई भनिन्छ जसले गाउमा कोही विरामी पर्योर, रोग वा भूतप्रेत लाग्यो भने झारफुक गर्दछ, घरेलु पशुको उपचार, देवीप्रकोप आउन र महामारी रोग फैलिनबाट रोकथाम गर्दछ। यसका साथै गुर्वा ले जडिबुटी प्रयोग बारे जानकारी राख्दछ।

यिनै गुर्वाकको विगतलाई हेर्ने हो भने समाजमा सम्मानित, शक्तिशाली र नेतृत्वदायी भूमिका खेलेको पाइन्छ। गुर्वाहरु को हुन?, गुर्वाखहरु कति प्रकारका हुन्छन?, गुर्वागको दैनिकी, गुर्वाकहरुको क्षेत्राधिकार र के, के गर्दछन? आदि बुझ्नको लागि पुस्तक सहयोगी बन्नेछ। आधुनिक समाजमा गुर्वााको महत्व र भूमिकालाई तथ्यगत रुपमा केलाइएको हुंदा पुस्तक शिक्षापोयोगी छ।
अनुसन्धानकर्ता सर्वहारीले ‘धेरै थारुहरुले यो (गुर्वाप) प्रणालीलाई विश्वास गर्छन, किनभने यसले थारु संस्कृति, संस्कार र विचारलाई बचाई राखेको …’ उल्लेख गरेका छन। अझै पनि थारु होस वा गैर थारु, थारु बाहुल्यता रहेको गाउमा देशबन्ध्या र घरगुर्वा हरुले ‘गुरै’ गरिरहेका छन। यसले गुर्वा’ प्रतिको विश्वास यथावत रहेको देखिन्छ। तर विगत केही वर्षदेखि आधुनिक चिकित्सा पद्धतिमा आकर्षण बढ्दै गएकोले गुर्वात कहां पुग्ने विरामीको संख्या घट्दै गइरहेको छ। जसले गर्दा निशुल्क सेवा गर्ने गुर्वा को अवस्था घट्दो क्रममा रहेको छ।

सर्वहारीको अध्ययनमा पनि नयां पुस्ता गुर्वा् बन्न अनिच्छुक रहेको देखिन्छ। यसरी परम्परागत संस्कारमा कमी आउनुमा शिक्षालाई कारक तत्वको रुपमा लिन सकिन्छ। पुस्तकमा गुर्वाक प्रणाली अध्ययन गरिनुका तीन वटा उद्देश्यहरु उल्लेख गरिएको छ। जुन सान्दर्भिक छ। तर अनुसन्धानमा मनोवैज्ञानिक प्रभाव जस्तो महत्वपूर्ण पाटो छुटेको छ। गुर्वारहरुले गुन्गाउने मन्त्र सुन्न र झारफुक गर्न मात्र विरामी गुर्वाक कहां पुगेको हुंदैन।

जसरी चिकित्सक कहां जाँदा विरामी म ठीक हुन्छु भन्ने महशुस गर्छ। त्यसैगरी विरामी गुर्वाद कहां जांदा वा गुरै गर्दा म ठीक हुन्छु भन्ने मनोविज्ञानले काम गरेको हुन्छ। गुर्वा र विरामी बीचको अन्तरसम्बन्ध र विरामीमा अन्तनिर्हित मनोविज्ञानलाई अध्ययनमा समावेश गरिएको भए एउटा महत्वपूर्ण पाटो उजागर हुने थियो। राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलापमा गुर्वाजको महत्व र आवश्यकतालाई सुक्ष्म ढंगले व्याख्या गरिएको छ। पाठकका लागि गुर्वा सम्बन्धि प्रशस्त जानकारी उल्लेख गरिएको छ। जसले गर्दा हरेक असल पाठकलाई पुस्तक पढ्न छुटेमा थकथकी र पढ्न पाए हुन्थ्यो भन्ने सकसकीले सताउनेछ।
पुस्तकको अर्को महत्वपूर्ण खण्ड हो १२१ वटा मन्त्र संकलन। थारु गुर्वाहरुले हत्तपत्त मन्त्र सुनाउन र सिकाउन मान्दैनन्। केही मन्त्रहरु अन्य भाषाबाट आयातित र विभिन्न ठाउबाट संकलन गरी लिपिबद्ध भएका छन। यो सराहनीय कार्य हो। मैले थाहा पाएसम्म गुर्वा ले आफूले जानेको जति मन्त्र आफ्नो चेला वा नयां पिंढीलाई सिकाउदैनन्। मन्त्र लोप हुनुको यो पनि एक कारण हो।

एक जना गुर्वाढले दुई वा बढीसँग मन्त्र सिकेको पाइन्छ। गुर्वा ले प्रयोग गर्ने मन्त्रलाई संकलन गरी संरक्षण गर्न सकियो भने थारु जातिको प्राचीनता, भाषा र संस्कृति अध्ययनमा टेवा पुग्नेछ। देउखुरीको छुटकी घुम्नालाई अध्ययनमा केन्द्रित गरिए पनि दाङ लगायत पश्चमका केही जिल्लाहरु समेटिएको छ। मैले देउखुरीमा गुरै गर्ने महिला भेटेको छैन, तर कैलाली र कञ्चनपुरमा महिला गुर्वार पाइने पुस्तकमा उल्लेख गरिएको छ। समग्रमा पुस्तक पठनीय, संग्रहनीय र समय सान्दर्भिक हुनुका साथै गुर्वाल सम्बन्धि अध्ययन गर्न चाहनेहरुका लागि एउटा गतिलो दस्तावेज बन्न पुगेको छ। पुस्तकमा खट्किएको अर्को पक्ष भनेको ‘शब्दावली’ नहुनु हो।

लेखनमा नेपाली भाषा र लिपिको प्रयोग भए पनि महत्वपूर्ण केही मौलिक शब्दहरु थारु भाषाकै रहेकाले गैर थारु भाषीहरुलाई अर्थ्याउन मेहनत गर्नु पर्ने देखिन्छ। त्यसैगरी पुस्तकमा गुरै गर्दै नहिंडे पनि मन्त्रका खानी मानिने, विशेष अवसर र आवश्यक पर्दा गुरै गर्न सक्ने ढकहेरलाई अध्ययनमा समावेश गरिएको भए उचित हुने थियो। अन्त्यमा, लेखकले गुर्वाश प्रणाली संरक्षणका लागि संकेत गरेका सुझावहरु अर्थपूर्ण र महत्वपूर्ण छन। जुन जातीय चिनारी र राष्ट्रिय सांस्कृतिक सम्पत्ति पनि हो।
पुस्तकको नाम : थारू गुर्वा र मन्त्र ज्ञान
लेखक : कृष्णराज सर्वहारी
प्रकाशक : थारू पत्रकार संघ, नेपाल काठमाडौ
मुल्य : रु २००।
पृष्ठ : १८४

2 thoughts on “थारू गुर्वा र प्रणालीको खोजी

Leave a Reply

Your email address will not be published.