सृजना र मेघीका परिवारले राहत पाए

cheering with happy-2असार- मृतक कमलरी सृजना चौधरी र मेघी चौधरीका परिवारले राहत रकम पाएका छन्। जेठ २४ नेपाल सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिबीच भएको सम्झौताअनुसार मृतक सृजना चौधरीरको परिवारलाई पाँच लाख र मृतक मेघी चौधरीको परिवारलाई एक लाख पचास हजारको चेक बुझेको कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिका प्रवक्ता सन्तोष दहितले बताए। उनका अनुसार मृतक सृजना चौधरीकी आमा द्रोपती चौधरी र मृतक मेघी चौधरीकी आमा सीता थरुनीले बालबालिका तथा महिला समाजकल्याण मन्त्रालयमा गएर चेक बुझेका थिइन्। 
दाङ लालमटियाकी १२ वर्षीया सृजना चौधरीको २०६९ चैत १४ गते ललितपुर चाकुपाटमा बस्ने इन्जिनियर युवराज पौडेलको डेरामा शंकास्पद मृत्यु भएको थियो। त्यसैगरी कैलालीकी १६ वर्षीया मेघी चौधरीको पनि दाङ निवासी हालः नयाँ बानेश्वरमा बस्दै आएका बालकृष्ण शाहको घरमा २०६८ भदौ १ गते आगो लगाइ विभत्स हत्या गरिएको थियो।
अन्य बुँदाको कार्यन्वयनमा ढिलाइ भएको प्रवक्ता दहिले बताए। ‘अन्य बुँदाको कार्यन्वयन गर्न आज मन्त्रालयमै पुगेर दबाब दियौं,’ उनले भने, ‘सृजना हत्यासम्बन्धमा हालसम्म भएका उपलब्धि भोलि (सोमबार) सार्वजनिक गर्ने मन्त्रालयले आश्वासन दिएको छ।’ अन्य बुँदाको कार्यान्वयन नभए साउन २ गतेदेखि आन्दोलन थाल्ने उनले बताए।

कमलरी सृजना चौधरी, मेघी चौधरी, उर्मिला राना थारु, सीमा होजा मगर, सीता चौधरीको रहस्यमय तरिकाले हत्या भएका थिए। ती घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीलाई कारबाही तथा पीडितलाई राहतको माग गर्दै गत महिना पूर्व कमलरीहरुले राजधानी केन्द्रीत आन्दोलन गरेका थिए।
सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिबीच निम्न बुँदामा सम्झौता भएको थियो।
१) दाङ जिल्ला लालमटिया गा. वि. स. वडा नं. ८ घर भई ललितपुर चाकुपाट स्थित यूवराज पौडेलको डेरामा वालमजदुरको रुपमा कार्यरत वर्ष १३ की सृजना चौधरीको मृत्युभएको घटनाको सम्वन्धमा यर्थात सत्यतथ्य पत्तलगाई दोषी देखिएका व्यक्तिहरुलाई प्रचलित कानुन वमोजिम कारवाही गर्न उच्च स्तरीय छनविन समिति गठन गर्ने।
२) मिति २०७० साल जेठ १९ गते मुक्त कमलरीहरुवाट शान्तिपूर्ण सिंहदरवार घेराउको क्रममा घाईते भएका आन्दोलनकारीहरुको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्याहोर्ने।
३) सृजना चौधरीको मृत्युका सम्वन्धमा छनविन गर्न गठीत समितिले दिने प्रतिवेदनको आधारमा प्रचलित माप दण्ड वमोजिम अन्तिम निणर्य गर्ने गरी तत्काल अन्तरीम राहत स्वरुप मृतक सृजना चौधरीको परिवारलाई रु ५,०००,००।०० (पाँच लाख) उपलव्ध गराउने। साथै कैलाली जिल्ला चौमाला ८ दैदवाडीका मृतक मेघी चौधरीको परिवारलाई समेत आवश्यक सहयोग उपलव्ध गराउन नेपाल सरकारलाई सिफारीस गर्ने।
४) कमलरीको रुपमा वालमज्ादुर भई कार्यरत हुँदाको अवस्थमा वेपत्ता भएका कमलरी वालिकाहरुको हकमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन र मृतक कमलरीहरु कैलाली टिकापुर ९ की सरिता चौधरी, दाङ्ग रामपुरकी सिमा होजा मगर, कैलाली धनगडी नपा वडा नं. ८ धनगडी गँाउकी उर्मिला राना थ्ाारु र कैलाली चौमाला गा. वि स. वडा नं. ८ की मेघी चौधरीको मृत्युका सम्वन्धमा १० दिन भित्र छानविन समिति गठन गर्ने गरी नेपाल सरकार समक्ष सिफारीस गर्ने।
५) विनियोजित वजेटको परिधि भित्र रही विद्यामान कमलरी छात्रावृत्ति व्यवस्थामा वृदि गर्नका लागी प्राप्त माग अनुसार मुक्त कमलरीका लागी शिक्षा निर्देशिका २०६८ लाई परिमार्जन गर्न प्रक्रिया अगाडी वढाउने।
६) कमलरी प्रथा प्रचलित कानुन वमोजिम निशेधित कार्य भएकाले मन्त्रि परिषदवाट कमलरीे मुक्तिको घोषणा एक महिनामा गरी उद्धार हुन बाँकी रहेका कमलरी वालिकाहरुको उद्धार गरी पुनस्थापना गर्ने प्रक्रिया अगी वढाउने र वालिकाहरुलाई कमलरीको रुपमा राख्ने सवैलाई तत्काल कानुनि दायरामा ल्याउने।
७) मुक्त कमलरीहरुलाई परिचय पत्र वितरण गर्न तत्काल प्रक्रिया शुरु गर्ने।
८) कमलरीको रुपमा रहदँाको अवस्थामा कार्यरत घरमै यौन शोषणवाट आमा वन्न पुगेकाहरुवाट जन्मेका वालवालिकाहरुको पहिचान र अंशको अधिकार सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडी वढाउने।
९) सृजना चौधरीको मृत्यु भएको घटनाको सम्वन्धमा दाङ्ग लगायत मुलुकका विभिन्न जिल्लाहरुमा कमलरीहरुले गरेको आन्दोलनका क्रममा गिरफ्तार भएका आन्दोलनकारीहरुलाई आजै निशर्त रिहा गर्ने।
१०) आन्दोलनकारी पक्षले सवै आन्दोलनका कार्यक्रमहरु आजै देखी फिर्ता गर्ने।

Leave a Reply

Your email address will not be published.