आदिवासी महिला महासङ्घको अध्यक्षमा जिरेल

santi_jhiralकाठमाडौं- राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको अध्यक्षमा शान्ति जिरेल निर्वाचित भएकी छन्। महिला महासङघको शुक्रबार यहाँ आयोजिते छैटौं महाधिवेशनबाट पूर्व सभासद् जिरेल अध्यक्ष पदमा विजयी भएकी हुन्। अध्यक्ष पदका लागि जिरेल र थारु कल्याणकारिणी सभाकी फुलमती चौधरीबीच प्रतिष्पर्धा भएको थियो। 
यसैगरी वरिष्ठ उपाध्यक्षमा बीना पहरी, कुसुम भट्टचन, सिर्जना प्रधान, मिना बराम र महासविचमा सोनी लामा विजयी भइन्। त्यसैगरी महासचिवमा गङ्गा खासुङ र विभागीय सचिवहरुमा निर्मला भुजेल, सुमत्रा ताजपुरियालगायतका छन्।
महाधिवेशनले पहाडी क्षेत्रको उपाध्यक्ष सिर्जना प्रधान र जनसम्पर्क तथा सङ्गठन विस्तार सचिव निर्मला भुजेललाई निर्विरोध निर्वाचित गरेको छ। छतीस वटा जातीय महिला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनमा ३६ जना प्रतिनिधिले मात्र मत हाल्न पाउने व्यवस्था गरिएको नवनिर्वाचित अध्यक्ष जिरेलले बताइन्।
अध्यक्ष जिरेलले सम्पूर्ण आदिवासी जनजाति महिलालाई सशक्तीकरण गरी आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सक्षम बनाउन महासङ्घले काम गर्ने प्रतिवद्वता व्यक्त गरिन्। रासस

Leave a Reply

Your email address will not be published.