तुलसीपुर- लगातार रूपमा परेको पानीका कारण गए राति देउखुरी क्षेत्रमा रहेको बबईसोतामा आएको बाढी पस्दा चलाही गाविस– २ कोलहीका चार सुकुम्बासीका भत्किएका छन्।
स्थानीयवासी दशरथ घिमिरेका अनुसार चैलाही गाविस– २ का गणेश चौधरी, छबुचौधरी, खगु चौधरी र पिरु चौधरीका घर उक्त खोलामा आएको बाढी बस्दा भत्किएको हो। ती चार वटै घर कच्ची थिए। राति करिब १ बजे घरमा बाढी पसेर खाद्यान्न, भाँडाकुँडा लत्ताकपडा सबै बगाएर नष्ट पारे पनि मानवीय क्षति भने केही नभएको घिमिरेले जानकारी दिए।
घरमा राति बाढी पसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे पनि प्रहरी नआएको पीडितले बताएका छन्। सरकारले खोलाको किनारामा उपलब्ध गराएको जग्गामा उनीहरू बसोबास गर्दैआएका थिए। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर