बबई सोतामा आएको बाढीले चार घर भत्कायो

flood in dangतुलसीपुर- लगातार रूपमा परेको पानीका कारण गए राति देउखुरी क्षेत्रमा रहेको बबईसोतामा आएको बाढी पस्दा चलाही गाविस– २ कोलहीका चार सुकुम्बासीका भत्किएका छन्।
स्थानीयवासी दशरथ घिमिरेका अनुसार चैलाही गाविस– २ का गणेश चौधरी, छबुचौधरी, खगु चौधरी र पिरु चौधरीका घर उक्त खोलामा आएको बाढी बस्दा भत्किएको हो। ती चार वटै घर कच्ची थिए। राति करिब १ बजे घरमा बाढी पसेर खाद्यान्न, भाँडाकुँडा लत्ताकपडा सबै बगाएर नष्ट पारे पनि मानवीय क्षति भने केही नभएको घिमिरेले जानकारी दिए।
घरमा राति बाढी पसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे पनि प्रहरी नआएको पीडितले बताएका छन्। सरकारले खोलाको किनारामा उपलब्ध गराएको जग्गामा उनीहरू बसोबास गर्दैआएका थिए। रासस

Leave a Reply

Your email address will not be published.