गच्छदार ट्विटरमा

bijaya-kumar-gachchhadarकाठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ट्विटरमा आएका छन्। उनी @BijayGachhadar ह्यान्डलबाट ट्विटर प्रवेश गरेका हुन्। साढे दुई महिनाअघि खोलिएको एकाउन्टमा उनले अहिलेसम्म पाँच ट्विट गरेका छन्। पहिलो ट्विटमार्फत् उनले महात्मा गान्धीलाई अझै सम्झिरहेको लेखेका छन्। ‘असहिष्णुता आफैंमा हिंसा भएको र यसले लोकतान्त्रिक भावनाको विकासलाई बाधा पुर्‍याउने’ उनले लेखेका छन्। 
उनलाई ६ जनाले फलो गरेका छन् भने उनी आफैंले दुई जनालाई फलो गरेका छन्। कान्तिपुर पब्लिकेशन र वेवडिजाइनर विनोद भगतलाई उनले फलो गरेका छन्।
करिब डेढ महिनाअघि उनले पछिल्लो ट्विटमार्फत् भनेका छन्, ‘मधेसीलाई माया गर्ने सबैलाई स्वागतम!’

Leave a Reply to Albertonob Cancel reply

Your email address will not be published.