गच्छदार ट्विटरमा

bijaya-kumar-gachchhadarकाठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ट्विटरमा आएका छन्। उनी @BijayGachhadar ह्यान्डलबाट ट्विटर प्रवेश गरेका हुन्। साढे दुई महिनाअघि खोलिएको एकाउन्टमा उनले अहिलेसम्म पाँच ट्विट गरेका छन्। पहिलो ट्विटमार्फत् उनले महात्मा गान्धीलाई अझै सम्झिरहेको लेखेका छन्। ‘असहिष्णुता आफैंमा हिंसा भएको र यसले लोकतान्त्रिक भावनाको विकासलाई बाधा पुर्‍याउने’ उनले लेखेका छन्। 
उनलाई ६ जनाले फलो गरेका छन् भने उनी आफैंले दुई जनालाई फलो गरेका छन्। कान्तिपुर पब्लिकेशन र वेवडिजाइनर विनोद भगतलाई उनले फलो गरेका छन्।
करिब डेढ महिनाअघि उनले पछिल्लो ट्विटमार्फत् भनेका छन्, ‘मधेसीलाई माया गर्ने सबैलाई स्वागतम!’

One thought on “गच्छदार ट्विटरमा

  1. गछदार जि जब सम्म तपाईं मधेशीहरुको गुलामी गर्न छोड्नु हुन्न तबसम्मा प्रधानमन्त्री र राष्ट्रपती बन्ने सपना नदेखे हुन्छ । थरुहट तराइ का नेताहरुलाई मिलाएर जानु भन्दा एक एक गर्दै फोडने काममा लागि रहनु भएको छ । यस्तो कार्यले न तपाईंको हित हुन्छ न त थरुहट तराइको भलो हुन्छ । यो कुराको हेक्क राख्नुस् ।

Leave a Reply

Your email address will not be published.