दाङ थाकसमा दुई सदस्य मनोनित

दाङ- थारु कल्याणकारिणी सभा दाङका वैठक आज घोराहीमा सम्पन्न भएको छ। सभाका सभापति तेजमान चौधरीको अध्यक्षतामा बसेको बैठकले दुई जना सदस्यलाई मनोनित गरेको छ। जसमा घोराही २ मघैका शंकर चौधरी र सौडियार २ गुरुवा गाँउका पहलमान चौधरीलाई सदस्यमा मनोनित गरेको छ।

यसैगरी सभाले ९ सदस्यीय सल्लाहकार कार्यसमिति चयन पनि गरेको छ। जसमा फुलमान चौधरी, अशोक चौधरी, चन्द्रप्रसाद चौधरी, देवनारायण चौधरी, जर्मन चौधरी, कमलनारायण चौधरी, रामप्रसाद चौधरी, शान्ता चौधरी र लक्षिमान चौधरीलाई चयन गरेको बैठकपछि थारु कल्याणकारिणी सभाका जिल्ला सचिव सन्तोष दहितले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published.