दाङमा थारु कलाकारको भेला

सन्तोष दहित, दाङ- सधैंभरि आफ्नो काममा व्यस्त रहने दाङका थारु साहित्यकार, संगीतकार, गायक शुक्रबार एकै ठाउँमा देखिए। भेलामा साहित्यकारहरुले कविता, गजल सुनाए भने गायकले गीत सुनाए। संगीतकारले भने आधुनिक हर्मोनियमको धुन निकाले।
मोड अनेक भयो रे
मोड अनेक भयो रे
जागो रे जागो रे ककक
जागो ककक गो रे क् जागो
सुनो रे सुनो ककक
सुनो रे सुनो ककक
यही शब्दमा गायक गुनगुनाइरहेका थिए। उनको मिठासपन स्वरमा केही सहभागी उत्साहित हुँदै ताली बजाइरहेका थिए पनि कोही ध्यानमग्न थिए। यसरी सहभागीलाई उत्साह र निरास बनाइरहेका थिए सौडियार ८ शुक्रवारका सालिकराम चौधरी “सत्गौगा”। उनले गीतमार्फत् भनिरहेका थिए- अब दाङमा गीतसंगीत अनि साहित्यमा रंग दिनुस् अर्थात् जाग्नुस्। देशमा व्यापक रुपमा साहित्यका धुन बजिरहेका छन् तर थारु समुदायमा किन आउँदैन।
मायाप्रेम र बिछोडको कुरालाई जोडेर साहित्यकार तथा गायक एवं पत्रकार माधव अनुरागीले पनि सहभागीलाई उत्साहित बनाउँदै थिए। उनले आफ्नो गजलको माध्यमा माया प्रेम र बिछोडको कुरालाई जोडर २÷३ वटा गजल सुनाए। अर्का साहित्यकार घोराही २ गुलरिया निवासी मुक्तकमार्फत् युवा साहित्यकारलाई साहित्य विधामा कलम चलाउन अनुरोध गरेका थिए। पत्रकार तथा साहित्यकार सन्तोष दहित “सन्तोष आँशु”, गायक रोशन रत्गैयालगायत आधा दर्जन सष्ट्राहरु आ–आफ्नो प्रतिभा सुनाएका थिए।
उनीहरुले अब शृङ्खलाबद्धरुपमा कविता, गजल र गीतको रचान गर्नुको साथै समीक्षा पनि गर्ने प्रतिबद्धता गरेका थिए ।
पछिल्लो चरणमा जिल्लामा थारु साहित्यकारको जमघट कम हुन थालेपछि दाङका थारु साहित्यकार, गायक तथा संगीतकार एउटै थलोमा आउन जमर्को गरेका हुन। यसैबीच हर्चाली साहित्यक डगरलाई नियमित दिनको लागि हर्चाली साहित्यक डगर भाग २ भनेर दाङको हेकुलीमा गर्ने पनि निर्णय गरेका छन्। जसको संयोजक पत्रकार तथा साहित्यकार सन्तोष दहित “सन्तोष आँसु”लाई जिम्मा दिएका छन्। जुनकार्यक्रम जेठको पहिलो शनिबार भुइह्यारको आँगनमा गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published.