नेपाल युएईसँग पराजित

काठमाडौं- नेपाल एसिसी यु–१९ इलिट कपबाट बाहिरिएको छ। युएईले बायुमास ओभल मैदानमा नेपाललाई सेमिफाइनलमा ७६ रनले पराजित गर्‍यो। नेपालले टस जितेपछि आएको युएईले सोर्ये चोपराको १ सय १४ रनमा ७ विकेट गुमाई २ सय ७१ रन बनायो। नेपाल ४६.१ ओभरमा १ सय ९६ रनमा समेटियो। युएईसँग यस प्रतियोगिताको यसअघिका संस्करणमा चारै खेल जिते पनि नेपालको शुक्रबार केही चलेन्।

हरिशंकर शाहले ५२ रन बनाए पनि नेपालले ठूलो अन्तरको पराजय भोग्यो। दुई वर्षअघि प्रतियोगिताको पछिल्लो संस्करणमा नेपाल फाइनलमा ६१ रनले अफगानिस्तानसँग पराजय हुनु नेपालको यस प्रतियोगितामा यसअघि रन अन्तरमा ठूलो पराजय थियो। शाह ब्याटिङका क्रममा चोट बोकेपछि घाइते भएर मैदान छाडेका थिए। निर्मल थापा २३ रनमा आउट भएसँगै पुनः क्रिजमा आएसँगै उनी पहिलो बलमै आउट भए। कप्तान भुवन कार्कीले आक्रामक खेल्दै ४८ बलमा ३ चौका र १ छक्का प्रहार गरी ४१ रन बनाए पनि त्यो नेपाललाई रन अन्तर घटाउने कारणमात्र बन्यो।

शुक्रबार नै अर्को सेमिफाइनलमा आयोजक मलेसियालाई १ सय ४० रनले पराजित गरेपछि अफगानिस्तान अर्को वर्ष युएईमा हुने आइसिसी यु–१९ विश्वकपका लागि छानिएको छ। युएई अर्को वर्षको यु–१९ विश्वकपको आयोजक भएको हिसाबमा एसिसीबाट विजेता मात्र छनोट हुने प्रावधान थियो।

नेपालले यसअघिका सात मध्येको ६ विश्वकपमा सहभागिता जनाए पनि चार वर्षमा दोस्रो पटक नेपाल यु–१९ को ठूलो प्रतियोगितामा देखिने छैन।

Leave a Reply

Your email address will not be published.