दीगो शान्तिका लागि समवेशिका आवश्यक

सन्तोष दहित, दाङ- दीगो शान्तिका लागि सह अस्तित्व र समावेशी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। थारु पत्रकार संघ, नेपाल केन्द्रीय कार्यसमिति काठमाडौंको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलको प्रायोजन भएको समावेशी तथा दीगो शान्ति विषयक एक दिवशीय कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्।
संघकी केन्द्रीय अध्यक्ष विनिता चौधरीको अध्यक्षता एवं नेपाल जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने सहभागीले विविध कारणले अझै पनि महिला, जनजाति तथा पिछडा वर्गको मुद्दा आझेलमा पारिएको बताउँदै यो समस्या समाधानका लागि अब बन्ने संबिधान पूर्ण समावेशी हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका महासचिव लिला गम्भीर चौधरीले समावेशी तथा दीगो शान्ति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा द्वन्द्वका कारण समावेशी तरिकाले संविधान बन्न नसक्दा दीगो शान्ति मेत आझेलमा परेको उल्लेख गरिएको थियो। कार्यपत्रमाथि आरम्भ पत्रिकाका प्रकाशक तथा सम्पादक उदय आलेले टिप्पणी गरेका थिए।
उनले कार्यपत्र विभिन्न तथ्य तथ्याङ्कले कार्यपत्र ओजिलो भएको र समावेशिता र शान्तिको बिषय समेटिएको बताएका थिए। कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र र छलफलको निचोड थारु बुद्धिजीवी एवं थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केबि चौधरीले प्रस्तुत गरेका थिए।
उनले सबै नेपालीको समान तरिकाले विकास भएमात्रै दीगो शान्ति स्थापना हुने बताए। थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा थारुश्र कल्याणकारिणी सभा दाङका अध्यक्ष तेजमान चौधरी, सभाका क्षेत्रीय अध्यक्ष हिरालाल चौधरी लगायतले बोलेका थिए। कार्यक्रमको सहजीकरण थारु पत्रकार संघ दाङकी सचिव सुनिता चौधरीले गरेका थिए।

Leave a Reply

Your email address will not be published.