चितवनमा ई–लाइबेरी

रत्ननगर- पूर्वी चितवनको रत्ननगरस्थित नेपाल उच्चमाविको मातहतमा रहने गरी यहाँ करिब २३ लाखको लागतमा ई–लाइबेरी निर्माण गरिएको छ। ई–लाइबेरीको नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले आज उद्‍घाटन गरे। कार्यक्रममा बोल्दै पौडेलले विद्यार्थीको शैक्षिक तथा बौद्धिक विकासमा लाइबेरी कोसेढुङ्गा साबित हुने बताए।

लाइबेरीको सही सदुपयोग गरे महत्वपूर्ण फाइदा लिन सकिने भएपनि दुरुपयोग भए उत्तिकै खतरा हुने समेत उनले औंल्याए। यसतर्फ सचेत हुन उनले विद्यालय प्रशासनलाई आग्रह गरे।

लाइबेरीको निरन्तर सञ्चालनका लागि उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। एनआरएनका अध्यक्ष जीवा लामिछानेले करिब दुईतले भवन निर्माण गरिदिएपछि ई–लाइबेरी सञ्चालनमा आएको हो। लामिछानेले करिब २० लाखमा भवन निर्माण गरिदिएको र तीन लाखमा अन्य सामग्री खरिद गरेर लाइबेरीलाई प्रदान गरेको नेपाल उच्चमाविका प्राचार्य गोपाल आचार्यले जानकारी दिए।

उनका अनुसार दुईतले ई–लाइबेरी भवनको चार कोठामध्ये माथिल्लो कोठामा १७ वटा कम्प्युटर राखिएका छन्। तल्ाको कोठामा पुस्तकालय रहेको छ। चितवनकै सबैभन्दा बढी विद्यालय पढ्ने उच्चमाविका रुपमा यो मावि रहेको छ। रासस

Leave a Reply

Your email address will not be published.