सप्तरीमा भीषण आगलागी, १ सय १५ घर नष्ट

सप्तरी- एक नम्बर योगिनियाँ गाविसमा गए राति भीषण आगलागी भएको छ। आगलागीले ३९ परिवारका एक सय १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। राति करिब १२ बजेतिर एक नम्बर योगिनियाँ गाविस –७ निवासी ज्वाला बनबरिया यादवका घरबाट आगलागी भएको हो। गाउँमा सबै सुतेका अवस्थामा लागेको आगाले एकै छिनमा बस्ती नै सखाप भएको हो।

आगलागीले दुई दुई बाछा र खसी जलेर मरेका छन् भ ने एउटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। विद्युत् गडबडी भई लागेको आगो निभाउन राजविराजसहित सिरहाको लहान तथा सुनसरीको इटहरीबाट बारुणयन्त्र मगाइएको थियो।

सोबाहेक स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो बिहान ५ बजे नियन्त्रणमा लिएको थियो। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.