लिम्बूवानद्वारा अनिश्चितकालीन बन्द

भद्रपुर- पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आजदेखि सङ्घीय लिम्बूवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा हड्तालको घोषणा गरेपछि झापालगायत पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। पूर्वपश्चिम र कोसी राजमार्गका साथै सहायक राजमार्गमा बिहानैदेखि सार्वजनिक यातायातका साधन नगुडेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडले जनाएको छ। धनकुटा, पाँचथर र मोरङको सिमानामा पर्ने बुधबारे–६मा परिषद्का कार्यकर्ताले तस्बिरसहितको मतदाता सङ्कलनमा अवरोध गर्न थालेपछि पक्राउमा परेका करिब छ कार्यकर्ताको रिहाइको माग राखी हड्ताल गरिएको हो।

अप्रत्याशित रूपमा सार्वजनिक यातायातका साधन नगुडेपछि सयौं यात्रु अलपत्र परेका छन्। रासस

Leave a Reply

Your email address will not be published.